काठमाडौं । अर्घाखाँची सिमेन्टले नौं महिनामै ३ अर्ब ९६ करोड रुपैयाँको व्यापार गरेको छ । उद्योगले आर्थिक वर्ष २०२४/२५ को नौं महिनामा ३ अर्ब ९६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले गरेको रेटिङ अनुसार उद्योगले सो बरारबको व्यापार गरेको पाइएको हो । यस कम्पनीले ४ अर्ब ३५ करोड ७० लाख रुपैयाँ बैंकिङ कर्जा प्रयोजनका लागि रेटिङ गराएको हो ।
कम्पनीले सन् २०२४ मा ६ अर्ब ६ करोड ६० लाख, २०२३ मा ५ अर्ब ७७ करोड २० लाख, २०२२ मा ७ अर्ब ५८ करोड ९० लाख र सन् २०२१ मा ८ अर्ब ७० करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।
तर, हाल आर्थिक मन्दीका कारण निर्माण कार्यहरु सुस्त भएको र सिमेन्ट उद्योगहरुको आन्तरिक रुपमा भइरहेको अस्वस्थ प्रतिस्पर्धाका कारण विगतको तुलनामा व्यापार घटेको देखिएको हो । यो उद्योग सिद्धार्थ ग्रुप, केडिया अर्गनाइजेसन र मुरारका समूहजस्ता अनुभवी व्यावसायिक घरानाद्वारा सञ्चालित छ । उद्योग सञ्चालकहरु निर्माण, व्यापार, बैंकिङ, बिमालगायतका क्षेत्रमा लामो समय अनुभव सँगालेका व्यक्ति तथा संस्था हुन् ।
अर्घाखाँची सिमेन्टमा सिद्धार्थ ग्रुपको ३५ प्रतिशत, मुरारका ग्रुपको ३० प्रतिशत, केडिया अर्गानाइजेसनको १७.५ प्रतिशत र भारतीय सिमेन्ट उद्योग उम्मा सिमेन्ट इन्टरनेसनलको १७.५ प्रतिशत सेयर स्वामित्व छ । उद्योगले प्रतिवर्ष १ मिलियन टन क्लिंकर र सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ ।
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
भ्रमपूर्ण प्रचारप्रति तरुण दल नुवाकोटको आपत्ति
-
नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीद्वारा घोषणा–पत्र सार्वजनिक