
काठमाडौँ । ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आज आइतबारबाट संघसंस्था तथा सर्वसाधारणको लागि सार्वजनिक निष्कासन तथा बिक्री खुल्ला भएको छ । म्युचुयल फण्डको प्रति इकाई अंकित मूल्य रु।१० दरको बाह्र करोड इकाई मध्य न्यूनतम बिक्री हुनुपर्ने छ करोड वा कुल बिक्री भएको इकाई सङ्ख्याको न्युनतम १५ प्रतिशत इकाई मध्य योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई १।५ प्रतिशत वा अठार लाख इकाई तथा कोष प्रवद्र्धक कम्पनी ग्लोबल आइएमई बैक लिमिटेडको लागि १३।५० प्रतिशत वा एक करोड बैसठ्ठी लाख इकाई बीज पुँजीको रूपमा रहनेछ ।
र बाँकी न्यूनतम दश करोड बिस लाख इकाईको लागि विभिन्न सङ्घ संस्थारसर्वसाधारणहरूको लागि सार्वजनिक निष्कासन तथा बिक्री खुल्ला भएको छ । यस योजनामा सङ्घ संस्था तथा सर्वसाधारणहरूले न्यूनतम एक सय इकाई र अधिकतम एक करोड बिस लाख इकाईको आवेदन दिन सक्नेछन् । क्यापिटलले यस योजनाको वार्षिक औसत प्रतिशत २२।४९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यस अनुसार यस योजनाका इकाई धनीहरूले १० वर्षमा कुल २२४।९६ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन् । यस योजनाको अनुमानित आन्तरिक प्रतिफल दर १६।८८ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । क्यापिटलले यस योजनाका इकाई धनीहरूलाई पहिलो ९ वर्षसम्म ८ प्रतिशत देखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने सक्ने प्रक्षेपण गरिएको छ ।
ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत हालसम्म २ योजनाहरू सञ्चालन भइसकेका छन् । जसमध्ये समुन्नत योजना १ ले ७ वर्षमा १०४ प्रतिशत लाभांश वितरण गरेको छ भने १०।१६ प्रतिशत फन्ड पुनर्खरिद प्रतिफल दिएको छ । त्यस्तै, १० वर्ष अवधिको ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १ को १।०२५ अर्ब कोष आकार रहेको छ ।
यस योजनाको योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यो क्यापिटल नेपालकै पहिलो विशुद्ध मर्चेन्ट बैंकर हो जुन सन २००८ मा स्थापना भएको थियो । यो क्यापिटल नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको लाइसेन्स प्राप्त मर्चेन्ट बैंक रहेको छ जसमा ग्लोबल आइएमई बैंकको ८१।५० प्रतिशत स्वामित्व रहेको छ ।
यस योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर “मेरो शेयर” अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन् । यस योजनाको निष्कासनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कोष प्रबर्धकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्गले आईआरएन एएमसी क्वालिटी ३ को ३ रेटिङ्ग प्रदान गरेको छ ।
-
अन्तर्राष्ट्रिय पहिचान: नेपाली क्रिएटर बद्री प्रसाद तिवारीको डान्स भिडियोलाई T-Series ले सेयर गर्यो
-
पुष्कल शर्माको नयाँ तीज गीत ‘श्रीमान’ सार्वजनिक, मौलिकता र भावनाको सुन्दर संगम
-
गायिका शान्तीकुमारी शाही फाउण्डेसनको आजीवन सदस्य बन्दै भक्तजनहरुलाई देउडामा छमछमी नचाइन्
-
गायक प्रकाश कटुवालको नयाँ गीत ‘जर्सी गाईको दूध’ सार्वजनिक
-
जानकी तारामी मगरको नयाँ तीज गीत ‘घैया घैया’ सार्वजनिक, श्रीमान् भगवान थापासँगै भिडियोमा उपस्थित