आज साउन महिनाको पहिलो सोमबार काठमाडौँको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको घुँइचो लागेको छ।
पशुपतिनाथ दर्शनको लागि हजारौँ भक्तजन उज्यालो नहुँदै पशुपति क्षेत्रमा लामवद्ध भएका छन्।
साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा, आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य बर पाउने धार्मिक विश्वास छ।
आज काठमाडौँ उपत्यकाका अन्य शिवालयहरूमा पनि भक्तजनको भीड लागेको छ।
राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर, पूर्वी भेगस्थित पेप्सीकोलाको नागेश्वर मन्दिर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिरलगायतका शिवालयमा पनि भक्तजनको भीड लागेको छ।
यस वर्षको साउने सोमबारका दिन पशुपतिनाथ दर्शनमा आउने भक्तजनले निःशुल्क यातायात सुविधा पाउने भएका छन्।
पशुपति क्षेत्र विकास कोषका अनुसार भक्तजनहरूलाई धर्म, संस्कृतिसँग सम्बन्धित संस्था र यातायात व्यवसायीको सहयोगमा आज पहिलो सोमबारदेखि यस्तो सुविधा दिन थालिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुवासचन्द्र जोशीले जानकारी दिए।
सोमबारदेखि चारवटा सार्वजनिक बसले चक्रपथ घुमेर पशुपतिनाथ आउने दर्शनार्थीलाई निःशुल्क सेवा दिनेछन्। यसमध्ये दुईवटा बस गीता प्रेसको नेपालस्थित बुक डिपोले व्यवस्था गरेको हाे। अन्य दुईवटा बस यातायात व्यवसायी महासङ्घले व्यवस्था गरेको हो।
बिहान ४ः०० बजेदेखि नै भक्तजनलाई निःशुल्क बस सेवा दिइएको कोषले जनाएको छ। आज बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको छ।
मूल मन्दिरमा भीड नहुने गरी कोषले दर्शनको व्यवस्था मिलाइएको जनाएको छ। भक्तजनलाई लाइनमा बसेको एक घण्टामै दर्शन गरेर फर्कन सक्नेगरी व्यवस्था मिलाइएको कोषले जनाएको छ।
-
नारेश्वर विकास समाज, गोरखाको अध्यक्षमा लव कुमार भट्ट
-
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको उपत्यका समिति गठन, अध्यक्ष र सचिवमा क्रमश अनिता कुमारी घिमिरे र सन्जय पोखरेल
-
‘नो शेभ नोभेम्बर’ले ठमेल हल्लायो: रिक्साबाट क्यान्सर–अवेयरनेस र्याली
-
तेस्रो राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्ड–२०८२ का मनोनयन सार्वजनिक
-
वरिष्ठ सेफ थापा मगरलाई फादर अफ सेफ्सको उपाधिबाट सम्मानित