काठमाडौं, ८ साउन – हिन्दु नारीहरूको पवित्र पर्व तीज नजिकिँदै गर्दा समाजमा रहेका यथार्थ कथालाई आधार बनाई तयार गरिएको तीज गीत ‘घर झगडा–८’ सार्वजनिक गरिएको छ।
सामाजिक कथावस्तुलाई समेटेर महिलाको भावना, कर्तव्य र पीडालाई कलात्मक रूपले गीतमा प्रस्तुत गरिएको छ । लोकप्रिय सर्जक शिव हमालको शब्द रचना, यज्ञ सापकोटाको सङ्गीत र स्वर रहेको उक्त गीतमा चर्चित गायिका टीका सानु, गायक यज्ञ सापकोटा, उदयराज डुम्रे र सुमन थापा मगरको आवाज रहेको छ।
गीतको भिडियोमा सिरियलमा लामो समयदेखि अभिनय गर्दै आएकी कलाकार सुशीला थापा, अनिता थापा र गायक सापकोटाले मुख्य भूमिका निर्वाह गरेका छन्।
गीतको छायाङ्कन टंक केसीले गरेका हुन् भने सम्पादन सुजन कोइरालाले गरेका छन्। भिडियोको निर्देशन मदन खड्काले गरेका छन्।
‘अकला देवी म्युजिक प्रालि’को प्रस्तुतिमा बनेको यो गीत ‘घर झगडा’ शृङ्खलाको आठौँ भाग हो। सामाजिक कथामा आधारित यस अघिका शृङ्खलालाई दर्शक–श्रोताले रुचाएका थिए ।
‘घर झगडा–८’ यज्ञ सापकोटा अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। गीत हेर्नुहोस् :
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
भ्रमपूर्ण प्रचारप्रति तरुण दल नुवाकोटको आपत्ति
-
नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीद्वारा घोषणा–पत्र सार्वजनिक