काठमाडौं — नेपाली लोकसङ्गीतमा विकृति मौलाउँदै गएको बेला, मौलिक झ्याउरे भाकालाई समेटेर गायक/सर्जक रामचन्द्र ढकालले नयाँ लोकगीत ‘घन घन मादल’ सार्वजनिक गरेका छन्। उक्त गीत रामचन्द्र ढकालको आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। गीतमा ढकालसँगै चर्चित गायिका शान्ती श्री परियार, लिला पौडेल र शंकर ढकालको समेत सशक्त स्वर समावेश गरिएको छ।
गायक शंकर ढकालको प्रस्तुति रहेको गीतमा लय तथा शब्द संकलन लिला पौडेलको रहेको छ भने भिडियोको परिकल्पना र निर्देशन रामचन्द्र ढकाल स्वयंले गरेका हुन्। ढकालका अनुसार, “झ्याउरे शैलीमा आधारित यो गीतले हराउँदै गएका मौलिक भाकालाई पुनर्जीवन दिने प्रयास गरेको छ।” गायक ढकालले मौलिकता नै गीतको आत्मा भएको भन्दै, लोप हुँदै गएका गाउँठाउँका भाकालाई जगेर्ना गर्ने उद्देश्यले यो सिर्जना ल्याइएको बताएका छन्। उनका अनुसार, “भाषा, भेषभूषा र भाका जोगाउनु हामी सबैको दायित्व हो। ‘घन घन मादल’ले त्यसैमा सन्देश दिन्छ।”
भिडियोमा गुरुङ चलचित्रका चर्चित अभिनेता तारा बहादुर गुरुङले लाहुरे पात्रको भूमिकामा अभिनय गरेका छन्। साथमा अनमोल भण्डारी, बिनु कार्की र कृष्णमाया पौडेलको अभिनय पनि देख्न सकिन्छ।
गीतको छायांकन ग्रामीण परिवेशमा गरिएको छ, जसले अझ मौलिकताको स्वाद दिने प्रयास गरेको देखिन्छ। हेर्नुहोस्:
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
गोरखामा बाबुराम आबद्ध प्रलोपाद्वारा कांग्रेसलाई समर्थन
-
भ्रमपूर्ण प्रचारप्रति तरुण दल नुवाकोटको आपत्ति