काठमाडौं – हरेक वर्ष तीजको अवसरमा मौलिक तीज गीत सार्वजनिक गर्ने परम्परा राखेकी चर्चित गायिका राधिका हमाल यस वर्ष पनि नयाँ सांगीतिक कोसेली लिएर आएकी छन्। उनले स्वर, शब्द र संगीत आफैं सम्हालेको ‘पाई जोडा’ बोलको तीज गीत हालै राधिका हमाल युट्युबमार्फत सार्वजनिक भएको छ।
गुरुआमा फिल्म्सको ब्यानरमा निर्माण गरिएको यस गीतको भिडियोमा चेलीबेटीहरूको रमाइलो तीज मनाउने शैली, पारिवारिक भावनात्मक पक्ष, र सांस्कृतिक मौलिकता सुन्दर ढंगले प्रस्तुत गरिएको छ। गीतको भिडियोमा सफल पुन मगर ‘शकिरा’, मेलिना सेन, बिनिता सेन, र दीपा सेनको अभिनय देख्न सकिन्छ। त्यस्तै, चर्चित हास्यकलाकार पलपसा डंगोल ‘चम्सुरी’ को विशेष उपस्थिति पनि रहेको छ।
गीतको निर्देशन, कोरियोग्राफी तथा सम्पूर्ण निर्देशन पक्षको जिम्मेवारी स्मृति तिमिल्सिना ‘गुरुआमा’ ले सम्हालेकी छन् भने छायांकन अजय रेग्मी र सम्पादन नविन घर्ती मगर द्वारा गरिएको हो।
गीत सार्वजनिक भएपछि गायिका राधिका हमालले ‘कान्तिपुर पाटी’संग कुरा गर्दै भनिन्: “तीजमा गीत बनाउनु केवल मनोरञ्जनको लागि होइन, संस्कृति बाँचिरहोस् भन्ने चाहना हो। ‘पाई जोडा’ मेरो आत्मीय सन्देश हो – चेलीको पीडा, माया, र उमंगलाई समेट्ने प्रयास हो।”
पछिल्ला वर्षहरूमा तीज गीतहरूमा अश्लीलता र सांस्कृतिक विकृति देखिएको आलोचना भइरहँदा ‘पाई जोडा’ गीतले त्यसको प्रतिवाद गर्दै मौलिकता, चेलीबेटीको आत्माभिव्यक्ति, र सांस्कृतिक समृद्धिको सन्देश बोकेको छ। सार्वजनिक भएको छोटो समयमै गीतले दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।
राधिका हमाल विगत केही वर्षदेखि सामाजिक–सांस्कृतिक विषयवस्तुलाई केन्द्रमा राखेर तीज गीत ल्याउने गायिकाको रूपमा चिनिँदै आएकी छन्। यसपटकको तीज गीत पनि उनका अघिल्ला कोसेलीहरू जस्तै दर्शकको मन छुने अपेक्षा गरिएको छ।
राधिका हमालका ‘तीजमै माइत जाने हो मायालु’, ‘लौका फालेको’ , ‘चुल्ठो काट्या छैन’ ,‘तीजको रहर आयो बहिनी’ लगायतका तीज गीतहरू चर्चित छन् । यी गीतहरूले उनले नेपाली तीज गीतको मौलिकता जोगाउने र महिला सशक्तीकरणको सन्देश दिने कार्यमा आफूलाई समर्पित गरेकी पुष्टि गर्छन्।
गीत हेर्नुहोस्: ‘पाई जोडा’
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
गोरखामा बाबुराम आबद्ध प्रलोपाद्वारा कांग्रेसलाई समर्थन
-
भ्रमपूर्ण प्रचारप्रति तरुण दल नुवाकोटको आपत्ति