
काठमाडौं। सुष्मा ठकुरी फाउण्डेशन नेपालद्वारा असार २७ र २८ गते काठमाडौंको बुद्धनगर स्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रमा आयोजना गरिएको “ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम बनेकी छिन्।
४२ टिमको सहभागिता रहेको यस भव्य प्रतियोगितामा सपनाले उत्कृष्ट प्रस्तुति दिँदै नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र हात पारिन्। दोस्रो स्थानमा टेकराज भण्डारी रहँदै उनले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे। अन्य विधामा विभिन्न कलाकारहरूले अवार्ड जिते, जस अनुसार उत्कृष्ट गायक: सरोज सिम्खडा, नव गायक: सुवास रेग्मी, अनुशासित गायिका: लुमा केसी, उत्कृष्ट भेषभूषा: शंकर क्षेत्रीले हात पारे ।
कार्यक्रममा लोकसंगीत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अमर बिरही गुरुङ, वरिष्ठ लोकगायक प्रेम राजा महत, चलचित्र निर्देशक तथा संगीतकार नारायण रायमाझी, प्रतिष्ठानका पूर्व अध्यक्ष प्राज्ञ दुर्गा रायमाझीलाई विशेष सम्मान प्रदान गरिएको हो।
निर्णायक मण्डलको टिममा जुरी प्यानलमा इन्द्र जिसी, सीता थापा, राजु ढकाल (निर्णायक संयोजक), श्याम राना, बबिता बानियाँ “जेरी”, मीना बुढाथोकी, प्रकाश पराजुली, जालु माया गुरुङ, बीमा अनुरागी लगायतको सहभागिता थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति माननीय निशा शर्मा रहिन्। कार्यक्रमको सभापति तथा सुष्मा ठकुरी फाउन्डेशनकी अध्यक्ष सुष्मा शाही ठकुरीले फाउन्डेशनले सामाजिक र सांस्कृतिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्य सहित पहिलो पटक आयोजना गरेको यस कार्यक्रमलाई निरन्तरता दिइने बताइन्।
कार्यक्रमको मुख्य प्रायोजक ईन्द्रेणी रहेको थियो। कार्यक्रममा लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतम र प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगर, प्राज्ञ टिका पुन, ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रका संचालक कृष्ण कंडेल, प्रतिका कंडेल लगायत बिशिष्ट ब्यक्तिहरूको उपस्थित थियो।
-
अन्तर्राष्ट्रिय पहिचान: नेपाली क्रिएटर बद्री प्रसाद तिवारीको डान्स भिडियोलाई T-Series ले सेयर गर्यो
-
पुष्कल शर्माको नयाँ तीज गीत ‘श्रीमान’ सार्वजनिक, मौलिकता र भावनाको सुन्दर संगम
-
जानकी तारामी मगरको नयाँ तीज गीत ‘घैया घैया’ सार्वजनिक, श्रीमान् भगवान थापासँगै भिडियोमा उपस्थित
-
गायिका शान्तीकुमारी शाही फाउण्डेसनको आजीवन सदस्य बन्दै भक्तजनहरुलाई देउडामा छमछमी नचाइन्
-
गायक प्रकाश कटुवालको नयाँ गीत ‘जर्सी गाईको दूध’ सार्वजनिक