logo

आइतबार, साउन ११ २०८२

kantipurpationlinetv

२०८२ साउन ११ आइतबार

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित


  • बिहिबार, साउन १ २०८२
  • 5.3K
    SHARES

    काठमाडौँ — आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित भएका छन् । जडीबुटीमा सम्पन्न राष्ट्रिय भेलाले गायिका तथा व्यवसायी उमा श्रेष्ठको अध्यक्षतामा कार्यसमिति गठन गरेको छ ।

    नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा दिनेश थापा, उपाध्यक्षहरूमा सुशील बुढाथोकी, सुजन श्रेष्ठ, प्रह्लाद चौलागाईं र राजकुमार कार्की रहेका छन् । महासचिवमा सगुन अधिकारी, उपमहासचिवमा प्रज्जवल खड्का, सचिवमा अमृत खाती, सहसचिवमा देव लामा, कोषाध्यक्षमा सन्तोष लामा र सहकोषाध्यक्षमा युनिसा रेग्मी सर्वसम्मत निर्वाचित भएका छन् ।

    कार्यसमिति सदस्यमा कुमार अधिकारी, होमबहादुर कार्की, रोशन बुढाथोकी, सुवास अधिकारी, विजय लामा, पार्वती थापा, रामकुमार बुढाथोकी, राज सुवेदी, गीता फुयाल कार्की र पासाङ लामा रहेका छन् । रक्षामन्त्री मानवीर राईको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले रात्रिकालीन मनोरञ्जन व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउने उद्देश्य राखेको छ ।

    अध्यक्ष श्रेष्ठले व्यवसायलाई व्यवस्थित गर्न आफूहरू संगठित भएको बताइन् । `मनोरञ्जनात्मक क्षेत्र समाज परिवर्तनको सशक्त औजार हो, रोजगारीको ठूलो उद्योग हो, पर्यटन विकासको मेरुदण्ड हो,”उनले भनिन्, `त्यसैले ठमेल र दरबारमार्ग मात्रै हाेइन पूरै काठमाडौंलाई २४ घण्टा सञ्चालनको अनुमति दिनुपर्छ ।”

    कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी टेकबहादुर तामाङ पनि उपस्थित थिए । व्यवसायीहरूले प्रहरीले बेलाबेलामा रात्रिकालीन व्यवसायलाई दुःख दिने गरेको गुनासो गर्दै यसलाई व्यवस्थित गरिदिन आग्रह गरे ।

    रक्षामन्त्री राईले आफू कला र कलाकर्मीलाई असाध्यै प्रेम गर्ने बताउँदै मनोरञ्जन व्यवसायले कलाकार उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखे । नवनिर्वाचित महासचिव सगुन अधिकारीले प्रतिष्ठानलाई देशव्यापी रूपमा विस्तार गर्दै लैजाने योजना रहेको बताए ।

    त्यसैगरी, उपाध्यक्ष सुजन श्रेष्ठले कलाकारको तलब र सुरक्षाको समस्या समाधान गर्न कलाकारहरूको बेग्लै उपसमिति गठन गर्ने तयारी रहेको जानकारी दिए । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री युवराज दुलाललगायत व्यवसायीले आफ्नो मन्तव्य राखेका थिए ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech