काठमाडौँ — आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित भएका छन् । जडीबुटीमा सम्पन्न राष्ट्रिय भेलाले गायिका तथा व्यवसायी उमा श्रेष्ठको अध्यक्षतामा कार्यसमिति गठन गरेको छ ।
नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा दिनेश थापा, उपाध्यक्षहरूमा सुशील बुढाथोकी, सुजन श्रेष्ठ, प्रह्लाद चौलागाईं र राजकुमार कार्की रहेका छन् । महासचिवमा सगुन अधिकारी, उपमहासचिवमा प्रज्जवल खड्का, सचिवमा अमृत खाती, सहसचिवमा देव लामा, कोषाध्यक्षमा सन्तोष लामा र सहकोषाध्यक्षमा युनिसा रेग्मी सर्वसम्मत निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यमा कुमार अधिकारी, होमबहादुर कार्की, रोशन बुढाथोकी, सुवास अधिकारी, विजय लामा, पार्वती थापा, रामकुमार बुढाथोकी, राज सुवेदी, गीता फुयाल कार्की र पासाङ लामा रहेका छन् । रक्षामन्त्री मानवीर राईको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले रात्रिकालीन मनोरञ्जन व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउने उद्देश्य राखेको छ ।
अध्यक्ष श्रेष्ठले व्यवसायलाई व्यवस्थित गर्न आफूहरू संगठित भएको बताइन् । `मनोरञ्जनात्मक क्षेत्र समाज परिवर्तनको सशक्त औजार हो, रोजगारीको ठूलो उद्योग हो, पर्यटन विकासको मेरुदण्ड हो,”उनले भनिन्, `त्यसैले ठमेल र दरबारमार्ग मात्रै हाेइन पूरै काठमाडौंलाई २४ घण्टा सञ्चालनको अनुमति दिनुपर्छ ।”
कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी टेकबहादुर तामाङ पनि उपस्थित थिए । व्यवसायीहरूले प्रहरीले बेलाबेलामा रात्रिकालीन व्यवसायलाई दुःख दिने गरेको गुनासो गर्दै यसलाई व्यवस्थित गरिदिन आग्रह गरे ।
रक्षामन्त्री राईले आफू कला र कलाकर्मीलाई असाध्यै प्रेम गर्ने बताउँदै मनोरञ्जन व्यवसायले कलाकार उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखे । नवनिर्वाचित महासचिव सगुन अधिकारीले प्रतिष्ठानलाई देशव्यापी रूपमा विस्तार गर्दै लैजाने योजना रहेको बताए ।
त्यसैगरी, उपाध्यक्ष सुजन श्रेष्ठले कलाकारको तलब र सुरक्षाको समस्या समाधान गर्न कलाकारहरूको बेग्लै उपसमिति गठन गर्ने तयारी रहेको जानकारी दिए । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री युवराज दुलाललगायत व्यवसायीले आफ्नो मन्तव्य राखेका थिए ।
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
भ्रमपूर्ण प्रचारप्रति तरुण दल नुवाकोटको आपत्ति
-
नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीद्वारा घोषणा–पत्र सार्वजनिक