काठमाडौं। गृह मन्त्रालयले राहदानी विभाग अगाडि आत्मदाह गरेका गणेश नेपालीको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिएका हुन्।
गृहमन्त्री गुरुङका अनुसार घटनामा संलग्न रहेको आशंकामा दुई महिला र एक पुरुष गरी तीन नगर प्रहरीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ। घटनाको निष्पक्ष र तथ्यपरक छानबिन गरी सत्यतथ्य सार्वजनिक गरिने उनले बताए।
‘डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेका छौं। तीन नगर प्रहरीलाई सोधपुछका लागि नियन्त्रणमा लिएका छौं। यस घटनाको निष्पक्ष रूपमा छानबिन गर्छौं,’ प्रतिनिधिसभा बैठकमा गृहमन्त्री गुरुङले भने।
मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो।
आत्मदाहको घटनापछि सामाजिक सञ्जालदेखि संसद्सम्म घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने माग उठिरहेको छ। यसैबीच गृह मन्त्रालयले घटनाको निष्पक्ष छानबिनका लागि समिति गठन गरेको जनाएको छ।
-
सार्वजनिक बिदाका दिनसमेत खुला रहने बारपाक सुलिकोट गाउँपालिकाको कार्यालय
-
ऐतिहासिक लिगलिगे दौडको प्रारम्भिक स्थलमा सरसफाई तथा वृक्षारोपण सम्पन्न
-
मर्स्याङ्दी गाउँपालिकाद्वारा कक्षा १–८ का लागि ‘हाम्रो मर्स्याङ्दी’ स्थानीय पाठ्यपुस्तक सार्वजनिक
-
गोरखामा भ्याट र परिवर्तित करबारे अभिमुखीकरण, ९० व्यवसायी सहभागी
-
मनसुनजन्य विपद्को जोखिम बढेपछि मर्स्याङ्दी गाउँपालिकाद्वारा उच्च सतर्कता अपनाउन अपिल