logo

शनिबार, असार २७ २०८३

kantipurpationlinetv

२०८३ असार २७ शनिबार

जन्मदिनको फजुल खर्च कटाएर आश्रमका बालबालिकालाई सहयोग, समाजसेवाको उदाहरण बने लक्ष्मण नेपाल

जन्मदिनको फजुल खर्च कटाएर आश्रमका बालबालिकालाई सहयोग, समाजसेवाको उदाहरण बने लक्ष्मण नेपाल


  • शनिबार, असार २७ २०८३
  • 0.7K
    SHARES

    पोखरा — समाजसेवी एवं युवा व्यवसायी लक्ष्मण नेपालले आफ्नो जन्मदिनको अवसरमा हुने फजुल खर्च कटाएर पोखरास्थित रेन्बो चिल्ड्रेन होम नेपालमा आश्रित बालबालिकालाई सहयोग गरेका छन्।

    जन्मदिनलाई केवल व्यक्तिगत उत्सवका रूपमा नभई सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अवसरका रूपमा मनाउँदै नेपालले आश्रममा रहेका बालबालिकालाई भोजन गराउनुका साथै उनीहरूको दैनिक आवश्यकताका लागि विभिन्न अत्यावश्यक सामग्री हस्तान्तरण गरेका हुन्।

    नेपालले साना–साना सहयोगले पनि समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गर्दै जन्मदिनजस्ता विशेष अवसरलाई सामाजिक सेवासँग जोड्न सके त्यसले वास्तविक खुसी र सन्तुष्टि प्रदान गर्ने बताए।

    रेन्बो चिल्ड्रेन होम नेपालका प्रतिनिधिले नेपालप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले आश्रित बालबालिकाको हेरचाह र उनीहरूको दैनिकी व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने बताए।

    जन्मदिनमा अनावश्यक खर्चभन्दा सामाजिक सेवालाई प्राथमिकता दिने नेपालको यो पहललाई स्थानीयस्तरमा प्रेरणादायी कार्यका रूपमा हेरिएको छ। समाजमा सहयोग, सद्भाव र मानवीय मूल्य प्रवर्द्धन गर्न यस्ता कार्यले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page