logo

बुधबार, असार ३१ २०८३

kantipurpationlinetv

२०८३ असार ३१ बुधबार

राइनासमा विभिन्न विधाका उत्कृष्ट व्यक्तित्व सम्मानित

राइनासमा विभिन्न विधाका उत्कृष्ट व्यक्तित्व सम्मानित


  • बुधबार, असार ३१ २०८३
  • 1.6K
    SHARES

    लमजुङ: राइनास नगरपालिकाले विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्व तथा विद्यार्थीलाई सम्मान गरेको छ। नगरसभाको १८औँ अधिवेशनबाट निर्णय भएअनुसार उत्कृष्ट राइनास सेवा पुरस्कार, राइनास सेवा पुरस्कार, उत्कृष्ट कृषक पुरस्कार तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगरपालिका, जिल्ला र प्रदेश स्तरमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको हो।

    नगरपालिकाले सार्वजनिक सेवा प्रवाहमा उल्लेखनीय योगदान पुर्‍याउने कर्मचारी, कृषि क्षेत्रमा उत्कृष्ट कार्य गर्दै उत्पादन र उद्यमशीलतामा प्रेरणा दिने कृषक तथा खेलकुदमार्फत नगरपालिका, जिल्ला र प्रदेश स्तरमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कारसहित सम्मान गरेको जनाएको छ।

    सम्मान कार्यक्रमले उत्कृष्ट कार्य गर्ने व्यक्तिहरूको योगदानको कदर गर्नुका साथै अन्य नागरिक, कर्मचारी, कृषक र विद्यार्थीलाई पनि आफ्नो क्षेत्रमा अझ प्रभावकारी रूपमा काम गर्न प्रेरणा पुग्ने अपेक्षा गरिएको नगरपालिकाको विश्वास छ।

    प्रमुख प्रशासकीय अधिकृत शिवराज रेग्मीका अनुसार नगरसभाको निर्णयअनुसार सम्मान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको हो। उहाँले यस्ता पुरस्कार तथा सम्मान कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने विश्वास व्यक्त गर्नुभयो।

    राइनास नगरपालिकाले शिक्षा, कृषि, खेलकुद तथा सार्वजनिक सेवा क्षेत्रमा उत्कृष्टता प्रवर्द्धन गर्ने उद्देश्यका साथ हरेक वर्ष विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page