काठमाडौं । राष्ट्रिय लोकदोहोरी व्यवसायी संघको आयोजनामा दसैँ, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
काठमाडौंको मित्रनगरस्थित सिटी टाउन रेस्टुरेन्टमा आयोजित कार्यक्रम संस्थाका अध्यक्ष दीपसागर थापा मगरको अध्यक्षता तथा संस्थाका संस्थापक अध्यक्ष चुडामणि कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले लोकदोहोरी व्यवसायीहरूबीच एकता, सहकार्य र आपसी सद्भाव आवश्यक रहेको बताउँदै नेपाली मौलिक कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सबै एकजुट हुनुपर्नेमा जोड दिए।
त्यस्तै, संस्थाका अध्यक्ष दीपसागर थापा मगरले लोकदोहोरी क्षेत्रको व्यावसायिक विकास, व्यवसायीहरूको हकहित संरक्षण र रोजगारीका अवसर सिर्जना गर्न संघले निरन्तर पहल गर्ने बताए। उनले संस्थालाई थप व्यवस्थित र सशक्त बनाउँदै सम्पूर्ण लोकदोहोरी व्यवसायीलाई एउटै छातामुनि गोलबद्ध गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा संस्थाका सल्लाहकार प्रेम श्रेष्ठ, निवर्तमान सल्लाहकार राजु थापा, नयाँ बसपार्क प्रहरी प्रभागका प्रहरी निरीक्षक शंकर श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो।
सो अवसरमा सल्लाहकार प्रेम श्रेष्ठले लोकदोहोरी व्यवसाय नेपाली मौलिक कला, संस्कृति र पहिचानसँग जोडिएको क्षेत्र भएकाले यसको संरक्षण र व्यावसायिक मर्यादा कायम राख्नुपर्ने धारणा राखे।
त्यस्तै, प्रहरी निरीक्षक शंकर श्रेष्ठले व्यवसाय सञ्चालनका क्रममा सुरक्षा, अनुशासन र कानुनी व्यवस्थाको पालना महत्वपूर्ण हुने उल्लेख गर्दै प्रहरी र व्यवसायीबीचको सहकार्यले सुरक्षित तथा मर्यादित वातावरण निर्माण गर्न सहयोग पुग्ने बताए।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष दिलु सलामी मगरले स्वागत मन्तव्य राखेकी थिइन् भने महासचिव नन्दबहादुर घर्ती मगरले कार्यक्रम सञ्चालन गरेका थिए।
लोकदोहोरी व्यवसायीहरूबीच आपसी एकता, सद्भाव र सहकार्य अभिवृद्धि गर्नुका साथै कला तथा संस्कृतिको संरक्षण, व्यवसायीहरूको हकहित र रोजगारीको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ।
कार्यक्रममा लोकदोहोरी क्षेत्रसँग आबद्ध व्यवसायी, कलाकार तथा विभिन्न व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
चाँगुनारायणमा राष्ट्रियस्तरीय सो–क्योकुशिन फुल कन्ट्याक्ट कराते प्रतियोगिताको तयारी पूरा, २५० भन्दा बढी खेलाडी सहभागी हुने
-
मर्स्याङ्दीमा आठौँ मर्स्याङ्दी कप सुरु, पहिलो दिन ९०० विद्यार्थी सहभागी
-
राष्ट्रिय लोक दोहोरी व्यवसायी संघको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
-
कोरियन ब्यूटी स्किल अब नेपालमै, ओपाल ग्लोबल स्किल्स एकेडेमीले ल्यायो नयाँ तालिम