logo

शुक्रबार, कार्तिक २१ २०८३

kantipurpationlinetv

२०८३ कार्तिक २१ शुक्रबार

मासु पसलदेखि फेन्सीसम्म अनुगमन: चाँगुनारायणमा व्यवस्थित बन्दै व्यवसाय

मासु पसलदेखि फेन्सीसम्म अनुगमन: चाँगुनारायणमा व्यवस्थित बन्दै व्यवसाय


  • शुक्रबार, कार्तिक २१ २०८३
  • 70
    SHARES

    भक्तपुर । चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका बजार तथा व्यवसायको अनुगमनलाई तीव्रता दिएको छ। व्यवसायलाई कानुनी दायरामा ल्याउने, उपभोक्ताको हकहित संरक्षण गर्ने र बजारलाई व्यवस्थित बनाउने उद्देश्यसहित नगरपालिकाले वडा तहमा पुगेर अनुगमन थालेको हो।

    नगरपालिकाको अनुगमन टोलीले हालै वडा नम्बर ७ का ११ र वडा नम्बर ५ का ३ गरी १४ वटा पसल तथा फर्मको अनुगमन गरेको छ। अनुगमनका क्रममा १४ मध्ये १० वटा व्यवसाय नियमानुसार दर्ता भई सञ्चालनमा रहेको पाइएको नगरपालिकाले जनाएको छ।

    अनुगमनका क्रममा मासु पसल, होटल तथा रेस्टुरेन्ट, किराना पसल, फेन्सी तथा कपडा पसल, कस्मेटिक र विद्युतीय सामग्री पसललगायतका व्यवसायको निरीक्षण गरिएको थियो।

    अनुगमनका क्रममा दर्ता नभएका तथा आवश्यक मापदण्ड पूरा नगरेका व्यवसायीलाई तत्काल नगरपालिका वा सम्बन्धित निकायमा व्यवसाय दर्ता तथा नवीकरण गर्न निर्देशन दिइएको छ।

    व्यवसाय सञ्चालनलाई कानुनी र व्यवस्थित बनाउनुका साथै उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्नु अनुगमनको मुख्य उद्देश्य रहेको नगरपालिकाले जनाएको छ।

    नगरपालिकाको अनुगमन टोलीका अनुसार बजारलाई व्यवस्थित बनाउने, व्यवसायीलाई जिम्मेवार बनाउने र सबै व्यवसायलाई करको दायरामा ल्याउने अभियानलाई निरन्तरता दिइनेछ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page