भक्तपुर। चाँगुनारायण नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिँदै नगरपालिकाका विभिन्न वडामा रहेका व्यापारिक तथा व्यावसायिक प्रतिष्ठानहरूको अनुगमन गरेको छ।
यसैक्रममा नगरपालिकाको अनुगमन टोलीले वडा नं. ३ का ९ वटा र वडा नं. ४ का ३ वटा गरी कुल १२ वटा पसलमा अनुगमन गरेको हो।
अनुगमनका क्रममा डेरी, हेल्थ केयर, होटल, मासु पसल, किराना तथा तरकारी पसललगायतका व्यवसायको स्थलगत निरीक्षण गरिएको थियो।
अनुगमनका क्रममा अधिकांश व्यवसायमा व्यवसाय दर्ता तथा नवीकरणसम्बन्धी समस्या देखिएको छ। अनुगमन गरिएका पसलमध्ये करिब आधा पसल दर्ता नभएको तथा केही व्यवसायको नवीकरण गर्न बाँकी रहेको पाइएको छ।
व्यवसायलाई कानुनी दायरामा ल्याउने, उपभोक्ताको हकहित संरक्षण गर्ने, बजारमा स्वच्छता र गुणस्तर कायम राख्ने तथा व्यवसायीहरूलाई प्रचलित कानुनी व्यवस्थाबारे सचेत गराउने उद्देश्यले अनुगमनलाई निरन्तरता दिइएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले सबै व्यवसायीलाई आवश्यक कागजात पूरा गरी व्यवसाय सञ्चालन गर्न, समयमै नवीकरण गर्न तथा उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउन आग्रह गरेको छ।
बजारमा हुने अनियमितता नियन्त्रण गर्दै उपभोक्तामैत्री र व्यवस्थित व्यापारिक वातावरण निर्माण गर्न आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिइने जनाइएको छ।
-
राष्ट्रिय लोक दोहोरी व्यवसायी संघको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
-
चाँगुनारायणमा राष्ट्रियस्तरीय सो–क्योकुशिन फुल कन्ट्याक्ट कराते प्रतियोगिताको तयारी पूरा, २५० भन्दा बढी खेलाडी सहभागी हुने
-
मर्स्याङ्दीमा आठौँ मर्स्याङ्दी कप सुरु, पहिलो दिन ९०० विद्यार्थी सहभागी
-
विद्यालयका विद्यार्थी र शैक्षिक गतिविधि राजनीतिक प्रयोजनमा प्रयोग नगर्न अमर ज्योति जनता माविको आग्रह
-
नेपाल संवत् ११४७ को अवसरमा ललितपुरमा साताव्यापी कार्यक्रम