logo

शुक्रबार, मंसिर ११ २०८३

kantipurpationlinetv

२०८३ मंसिर ११ शुक्रबार

गोरखा जिल्लाकै उत्कृष्ट प्रहरी बने प्रहरी जवान शंकर पौडेल

गोरखा जिल्लाकै उत्कृष्ट प्रहरी बने प्रहरी जवान शंकर पौडेल


  • शुक्रबार, मंसिर ११ २०८३
  • 84
    SHARES

    गोरखा: जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत प्रहरी जवान शंकर पौडेल कार्तिक महिनाका लागि जिल्लाकै उत्कृष्ट प्रहरी घोषित भएका छन्।

    प्रहरी चौकी छोप्राक मैदान दरबन्दी भई जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत पौडेलले संगठनले दिएको जिम्मेवारी अनुशासित, लगनशील र कर्तव्यनिष्ठ भएर सम्पादन गरेको भन्दै उनलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको हो।

    शान्ति सुव्यवस्था कायम राख्न, अपराध नियन्त्रण तथा रोकथाम गर्न र आम नागरिकमाझ प्रहरी संगठनको छवि उच्च बनाउन पुर्‍याएको योगदानको मूल्याङ्कन गर्दै पौडेललाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अनिलकुमार खड्काले पौडेललाई उत्कृष्ट प्रहरीको प्रमाणपत्र प्रदान गरेका हुन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page