पोखरा । गाम्बेसी पोखरा रोधी क्लब प्रा.लि.को आयोजनामा सञ्चालित अन्तरदोहोरी साँझ तथा स्तरीय दोहोरी गीत प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा देशभरका १५ दोहोरी टोलीले सहभागिता जनाएका थिए।
प्रतियोगितामा आयोजक गाम्बेसी रोधी क्लबको टिम ‘बी’ प्रथम भएको छ। चौतारी दोहोरी नेपालगञ्ज दोस्रो, फ्यामिली दोहोरी चितवन तेस्रो र गाम्बेसी रोधी क्लबको टिम ‘ए’ चौथो भएका छन्। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने टोलीले क्रमशः ३० हजार, २० हजार, १० हजार र ६ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
प्रतियोगितामा पूजा मगर उत्कृष्ट गायिकाका रूपमा पुरस्कृत भएकी छन्। त्यस्तै, गाम्बेसी रोधी क्लबका उत्कृष्ट कर्मचारीका रूपमा दीप्सन सुनार र कोहिनूर मगर सम्मानित भएका छन्।
कार्यक्रमको सभापतित्व गाम्बेसी पोखरा रोधी क्लबका सञ्चालक तेज चालिसेले गरेका थिए। समापन समारोहका प्रमुख अतिथि तथा जुरी निर्णायक वरिष्ठ सर्जक एवं राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका पूर्व केन्द्रीय अध्यक्ष रमेश बिजी रहेका थिए। प्रतियोगिताका निर्णायक संयोजक जीवन दाहाल तथा निर्णायक सदस्यहरू शंकर विरही गुरुङ, तारानाथ आचार्य, माया गुरुङ, राम्जी पौडेल, शान्ता न्यौपाने, प्रेमराज अधिकारी, दीपक गदाल, शिवहरि ढुंगाना, सुमन केसी र आर.सी. पौडेललगायत रहेका थिए। कार्यक्रमको सञ्चालन सन्तोष सुवेदीले गरेका थिए भने कार्यक्रम संयोजक सुमन खड्का रहेका थिए।

प्रतियोगितालाई सफल बनाउन क्लबका सञ्चालक नरबहादुर थापा र तेज चालिसेले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। प्रारम्भिक तयारीदेखि समापनसम्म आयोजक, निर्णायक, कलाकार, कर्मचारी तथा सहयोगीहरू सक्रिय रूपमा खटिएका थिए।
कार्यक्रम संयोजक खड्काले प्रतियोगिता सफल बनाउन आर्थिक, नैतिक तथा जिन्सी सहयोग प्रदान गर्ने सम्पूर्ण प्रायोजक, सहयोगी, शुभचिन्तक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिने सबैप्रति आभार व्यक्त गरेका छन्। नेपाली लोकदोहोरीको संरक्षण, प्रवर्द्धन तथा नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले आगामी दिनमा यस्ता सिर्जनात्मक र प्रतिस्पर्धात्मक कार्यक्रम सञ्चालन गर्न थप ऊर्जा तथा हौसला प्रदान गरेको आयोजकले जनाएको छ।
-
तीन जिल्लाको भूगोल, इतिहास र मातृभूमिको प्रेम समेट्दै रामचन्द्र ढकालको ‘स्याङ्जाको बजार–२, म्हाँजु भञ्ज्याङ’ सार्वजनिक
-
धुम्बाराहीमा खुल्दै जिग्री सेकुवाको १०औँ आउटलेट, पहिलो १०० ग्राहकलाई विशेष अफर
-
रेडियोको माइक्रोफोनदेखि कमेडीको मञ्चसम्म : गोरखाका आशिष न्यौपानेको यात्रा
-
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
-
चौथो खेली रोईला दोहोरी प्रतियोगितामा सरोज सिम्खडा प्रथम