गोरखा — गायक सन्तोष परियारको नयाँ दोहोरी गीत ‘लौरी टेकेर’ सार्वजनिक भएको छ। पछिल्लो समय सांगीतिक क्षेत्रमा दर्शक तथा स्रोताको मन जित्दै आएका परियारले केही दिनअघि आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरेका हुन्।
सन्तोष परियार र सरिता सुनारको सुमधुर स्वर रहेको गीतको लय तथा शब्द सिर्जना गीतकार एवं सर्जक होम गैरेले गरेका हुन्। हेमराज डाँगीले गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ गरेका छन्।
होम गैरेकै निर्देशन तथा सम्पादनमा तयार भएको गीतको म्युजिक भिडियोमा दिलीप राईले कोरियोग्राफी गरेका छन् भने दिनेश खनालले छायाङ्कन गरेका हुन्। नवीन घर्ती मगरले कलरिङ गरेको भिडियोमा गोविन्द पहाडी र प्रतिमा परियारको अभिनय देख्न सकिन्छ।
‘तिम्रै चर्चा गोरखाको बजारमा, ओठको हाँसो बिक्ने भो हजारमा’, ‘लौरी टेकेर आको हो यो झिल्के तिमीलाई देखेर’ र ‘तिमीभन्दा त तिम्रो मन राम्रो, कालो चस्मा लगाउँदा झन् राम्रो’ जस्ता रोमान्टिक शब्दले गीतलाई आकर्षक बनाएका छन्। दुई प्रेमीबीचको प्रेमभाव, आकर्षण र रमाइलो संवादलाई गीतमा दोहोरी शैलीमा प्रस्तुत गरिएको छ।
गीत सार्वजनिक भएसँगै दर्शक तथा स्रोताबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ। फेसबुक, युट्युब, टिकटक लगायत सामाजिक सञ्जालमा गीतले चर्चा पाउँदै गएको छ।
यसअघि गायक परियारले चर्चित गायिका शान्तिश्री परियारसँग सहकार्य गर्दै सार्वजनिक गरेको ‘माया एउटा वरदान हो’ गीतले निकै लोकप्रियता हासिल गरेको थियो। त्यसैगरी उनीहरूकै स्वरमा रहेको ‘कम्मरु फिनिनी’ गीत पनि दर्शक तथा स्रोतामाझ पुगेको थियो। दसैँको अवसर पारेर परियारले सार्वजनिक गरेको चाडपर्वलक्षित गीत ‘लाहुरेको दसैँ तिहार’लाई समेत दर्शक तथा स्रोताले रुचाएका थिए।
गायक सन्तोष परियार गोरखाको सिरानचोक गाउँपालिका–३, हर्मीका हुन्। उनी केही समयदेखि नेपाली गीतसंगीत क्षेत्रमा सक्रिय रहँदै आएका छन्। विभिन्न सांगीतिक सिर्जनामार्फत दर्शकमाझ परिचित हुँदै आएका परियारले ‘लौरी टेकेर’मार्फत फेरि नयाँ प्रस्तुति दिएका छन्।
-
तीन जिल्लाको भूगोल, इतिहास र मातृभूमिको प्रेम समेट्दै रामचन्द्र ढकालको ‘स्याङ्जाको बजार–२, म्हाँजु भञ्ज्याङ’ सार्वजनिक
-
धुम्बाराहीमा खुल्दै जिग्री सेकुवाको १०औँ आउटलेट, पहिलो १०० ग्राहकलाई विशेष अफर
-
रेडियोको माइक्रोफोनदेखि कमेडीको मञ्चसम्म : गोरखाका आशिष न्यौपानेको यात्रा
-
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
-
चौथो खेली रोईला दोहोरी प्रतियोगितामा सरोज सिम्खडा प्रथम