गोरखा: जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत प्रहरी जवान शंकर पौडेल कार्तिक महिनाका लागि जिल्लाकै उत्कृष्ट प्रहरी घोषित भएका छन्।
प्रहरी चौकी छोप्राक मैदान दरबन्दी भई जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत पौडेलले संगठनले दिएको जिम्मेवारी अनुशासित, लगनशील र कर्तव्यनिष्ठ भएर सम्पादन गरेको भन्दै उनलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको हो।
शान्ति सुव्यवस्था कायम राख्न, अपराध नियन्त्रण तथा रोकथाम गर्न र आम नागरिकमाझ प्रहरी संगठनको छवि उच्च बनाउन पुर्याएको योगदानको मूल्याङ्कन गर्दै पौडेललाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अनिलकुमार खड्काले पौडेललाई उत्कृष्ट प्रहरीको प्रमाणपत्र प्रदान गरेका हुन्।
-
चौथो खेली रोईला दोहोरी प्रतियोगितामा सरोज सिम्खडा प्रथम
-
भक्तपुरमा पहिलो पटक पिएफसी खुला महिला फुटसल प्रतियोगिता हुँदै, विजेताले ५० हजार पाउने
-
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
-
गाम्बेसी पोखरा रोधी क्लबको अन्तरदोहोरी प्रतियोगिता सम्पन्न, गाम्बेसी ‘बी’ प्रथम
-
ताकुकोट न्वागी मेला मंसिर ५ र ६ गते, बल्छी ध्रुवेसहित चर्चित कलाकारहरुको भव्य प्रस्तुति रहने