logo

शुक्रबार, मंसिर ११ २०८३

kantipurpationlinetv

२०८३ मंसिर ११ शुक्रबार

गोरखामा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान: दोस्रो दिन अन्तरक्रिया सम्पन्न

गोरखामा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान: दोस्रो दिन अन्तरक्रिया सम्पन्न


  • शुक्रबार, मंसिर ११ २०८३
  • 1.3K
    SHARES

    गोरखा: लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत गोरखामा दोस्रो दिन अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

    गोरखा नगरपालिकाको उपप्रमुख सबल नेतृत्व विकास कार्यक्रमअन्तर्गत एकीकृत सामाजिक विकास कार्यालयसँगको समन्वयमा बिहीबार नगरपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो।

    ‘लैङ्गिक हिंसा अन्त्यका लागि एक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नारासहित आयोजित कार्यक्रममा लैङ्गिक हिंसा न्यूनीकरण, पीडितको संरक्षण, न्यायमा पहुँच र लैङ्गिक समानताका विषयमा छलफल गरिएको थियो।

    कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानामगर, उपप्रमुख मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक अर्जुन श्रेष्ठलगायत विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख र प्रतिनिधिहरू सहभागी थिए।

    कार्यक्रममा मानवअधिकारकर्मी, महिलाअधिकारकर्मी, सरकारी कार्यालय, राजनीतिक दल तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूले लैङ्गिक हिंसाविरुद्ध तयार पारिएको कार्यपत्र प्रस्तुत गर्दै यसका विविध पक्षमा छलफल गरेका थिए।

    नगर उपप्रमुख थोकरका अनुसार अभियानको उद्देश्य गोरखा नगरपालिका तथा जिल्लाभर लैङ्गिक हिंसा न्यूनीकरण, लैङ्गिक समानता कायम, हिंसारहित समाज निर्माण र महिलाको न्यायमा पहुँच अभिवृद्धि गर्नु हो।

    हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन हुने यस अभियानमा महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि जनचेतना अभिवृद्धि, पीडितको संरक्षण र न्याय सुनिश्चितताका विषयलाई प्राथमिकता दिइन्छ।

     


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page