गोरखा: लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान गोरखामा पनि सुरु भएको छ। अभियानको पहिलो दिन बुधबार सदरमुकाममा प्रभातफेरी आयोजना गरिएको छ।
गोरखा नगरपालिका र एकीकृत सामाजिक विकास कार्यालयको साझेदारीमा आयोजित प्रभातफेरीमा जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, अधिकारकर्मी र स्थानीयवासी सहभागी भएका थिए।
गोरखा नगरपालिकाको उपप्रमुख सबल नेतृत्व विकास कार्यक्रमअन्तर्गत एकीकृत सामाजिक विकास कार्यालयसँगको समन्वयमा अभियान सञ्चालन गरिएको नगर उपप्रमुख मसलीमाया थोकरले जानकारी दिइन्।
उनका अनुसार अभियानको उद्देश्य नगरपालिका तथा जिल्लाभर लैङ्गिक हिंसा न्यूनीकरण गर्नु, लैङ्गिक समानता कायम गर्नु, हिंसारहित समाज निर्माण गर्नु र महिलाको न्यायमा पहुँच अभिवृद्धि गर्नु हो।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिन्छ। महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि जनचेतना अभिवृद्धि गर्ने, हिंसाविरुद्ध आवाज उठाउन प्रेरित गर्ने र पीडितको संरक्षण तथा न्याय सुनिश्चित गर्ने उद्देश्यले अभियान सञ्चालन हुँदै आएको छ।
गोरखामा अभियान अवधिभर विभिन्न सचेतनामूलक तथा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ।
-
चौथो खेली रोईला दोहोरी प्रतियोगितामा सरोज सिम्खडा प्रथम
-
भक्तपुरमा पहिलो पटक पिएफसी खुला महिला फुटसल प्रतियोगिता हुँदै, विजेताले ५० हजार पाउने
-
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
-
गाम्बेसी पोखरा रोधी क्लबको अन्तरदोहोरी प्रतियोगिता सम्पन्न, गाम्बेसी ‘बी’ प्रथम
-
ताकुकोट न्वागी मेला मंसिर ५ र ६ गते, बल्छी ध्रुवेसहित चर्चित कलाकारहरुको भव्य प्रस्तुति रहने