गोरखा: गोरखाको धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङ ‘शी लिड्स आइकन’को तेस्रो संस्करणका लागि छनोट भएकी छन्। देशभरका ४७ जना महिला जनप्रतिनिधिमध्ये गुरुङ पनि छनोटमा परेकी हुन्।
आयोजकले छनोट भएका ४७ जना महिला जनप्रतिनिधिका लागि ई–सेवामार्फत जनमत (पब्लिक भोटिङ) खुला गरेको छ। आयोजकका अनुसार भोटिङ मंसिर २९ गते अर्थात् १५ डिसेम्बर २०२६ को राति १२ बजेसम्म सञ्चालन हुनेछ। यस अवधिमा ई–सेवा एपमार्फत आफूलाई मन परेको तथा प्रेरणादायी महिला जनप्रतिनिधिलाई मत दिन सकिनेछ।
गुरुङले पनि उपाधिका लागि मत र सहयोग गर्न सबैसँग आग्रह गरेकी छन्। उनलाई भोट गर्न ई–सेवा एप खोलेर ‘Voting and Events’ मा जानुपर्नेछ। त्यसपछि ‘She Leads Icon – 3rd Edition’ छनोट गरी कोड नम्बर ३८ मा रहेको ‘Sunila Gurung’ चयन गरेर भोट गर्न सकिनेछ।
आयोजकले महिला नेतृत्वको सम्मान, प्रोत्साहन तथा अर्थपूर्ण सहभागितालाई प्रवर्द्धन गर्ने उद्देश्यले भोटिङ अभियान सञ्चालन गरेको जनाएको छ। अभियानमा सहभागी भई आफूलाई मन पर्ने महिला जनप्रतिनिधिलाई समर्थन र प्रोत्साहन गर्न आयोजकले शुभेच्छुक, सरोकारवाला तथा आम नागरिकसँग अनुरोध गरेको छ।
-
चौथो खेली रोईला दोहोरी प्रतियोगितामा सरोज सिम्खडा प्रथम
-
भक्तपुरमा पहिलो पटक पिएफसी खुला महिला फुटसल प्रतियोगिता हुँदै, विजेताले ५० हजार पाउने
-
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
-
गाम्बेसी पोखरा रोधी क्लबको अन्तरदोहोरी प्रतियोगिता सम्पन्न, गाम्बेसी ‘बी’ प्रथम
-
ताकुकोट न्वागी मेला मंसिर ५ र ६ गते, बल्छी ध्रुवेसहित चर्चित कलाकारहरुको भव्य प्रस्तुति रहने