logo

शुक्रबार, मंसिर ११ २०८३

kantipurpationlinetv

२०८३ मंसिर ११ शुक्रबार

एनआरएनए मध्यपूर्व सम्मेलनमा रोड सो ग्रुप को-इभेन्ट पार्टनर

एनआरएनए मध्यपूर्व सम्मेलनमा रोड सो ग्रुप को-इभेन्ट पार्टनर


  • शुक्रबार, मंसिर ११ २०८३
  • 63
    SHARES

    काठमाडौं: गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ मा रोड सो ग्रुप नेपाल को–इभेन्ट पार्टनर बनेको छ। रोड सो ग्रुप नेपालका निर्देशक,ब्याबसायी एबम ईन्टरप्रेनर सागर गुरुङले सम्मेलनलाई सफल बनाउन सहकार्य गर्ने प्रतिबद्धतासहित को–इभेन्ट पार्टनरका रूपमा योगदान गरेका हुन ।

    मध्यपूर्वसहित विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरूको एकता, सहकार्य र संस्थागत विकासलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजना हुन लागेको सम्मेलनलाई सफल, व्यवस्थित र प्रभावकारी बनाउन गुरुङको सहभागितालाई महत्वपूर्ण रूपमा लिइएको छ।

    एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठले सम्मेलनलाई भव्य, ऐतिहासिक र परिणाममुखी बनाउन रोड सो ग्रुप तथा निर्देशक गुरुङले गरेको सहयोगप्रति आभार व्यक्त गरेका छन्। मध्यपूर्वमा रहेका नेपाली समुदायको साझा अभियानप्रति गुरुङले देखाएको सद्भाव, विश्वास र उदार सहयोग प्रशंसनीय रहेको श्रेष्ठले बताए।

    उनका अनुसार निजी क्षेत्र, व्यवसायी, समाजसेवी तथा प्रवासी नेपाली समुदायबीचको सहकार्यले एनआरएनएको अभियानलाई थप बलियो बनाउनेछ। रोड सो ग्रुपको सहभागिताले सम्मेलनको तयारी तथा व्यवस्थापनमा सहजता ल्याउनुका साथै नेपाल र नेपालीको हितमा केन्द्रित संस्थागत अभियानलाई थप ऊर्जा र प्रेरणा प्रदान गर्ने श्रेष्ठको भनाइ छ।

    रोड सो ग्रुप नेपालका निर्देशक सागर गुरुङले प्रवासमा रहेका नेपालीहरूसँग सहकार्य र सम्बन्ध विस्तार गर्ने उद्देश्यले सम्मेलनमा को–इभेन्ट पार्टनरका रूपमा जोडिएको बताए। गैरआवासीय नेपालीहरूले नेपालको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्दै आएको उल्लेख गर्दै गुरुङले आगामी दिनमा पनि एनआरएनएसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

    ‘प्रवासमा रहेका नेपालीहरू नेपालको समृद्धिका महत्वपूर्ण साझेदार हुन्। उनीहरूले विश्वका विभिन्न मुलुकमा हासिल गरेको ज्ञान, सीप, पूँजी र अनुभवलाई नेपालको विकाससँग जोड्न निजी क्षेत्र र एनआरएनएबीचको सहकार्य आवश्यक छ,’ गुरुङले भने।

    रोड सो ग्रुप नेपाल लामो समयदेखि विभिन्न क्षेत्रमा लगानी गर्दै आएको स्थापित व्यावसायिक समूहका रूपमा परिचित छ। समूहअन्तर्गत रियल इस्टेट तथा हाउजिङदेखि केबलकार, जलविद्युत्, निर्माण, लगानी, इँटा उद्योग, रड उद्योग तथा व्यावसायिक कम्प्लेक्ससम्मका विभिन्न व्यवसाय सञ्चालनमा रहेका छन्।

    समूहअन्तर्गत रोड सो रियल इस्टेट प्रालि, रोड सो इन्भेस्टमेन्ट कम्पनी प्रालि, अन्नपूर्ण केबलकार प्रालि, बेत्रावती हाइड्रोपावर, रोड सो कन्स्ट्रक्सन प्रालि, रोड सो यूपीभीसी प्रालि, माछापुच्छ्रे ब्रिक फ्याक्ट्री प्रालि, द्वाकोट डेभलपमेन्ट एन्ड हाउजिङ प्रालि, पवित्रा डेभलपर्स प्रालि, आरकेएच डेभलपर्स प्रालि, रञ्जना ट्रेड सेन्टर तथा कालिमाटी ट्रेड सेन्टरलगायतका कम्पनी तथा व्यावसायिक परियोजनामा लगानी रहेको बताइएको छ।

    समूहले जग्गा विकास, प्लटिङ, हाउजिङ, अपार्टमेन्ट, व्यावसायिक भवन, निर्माण सामग्री, इँटा उत्पादन, पर्यटन पूर्वाधार, जलविद्युत् तथा केबलकारलगायतका क्षेत्रमा आफ्नो व्यावसायिक गतिविधि विस्तार गर्दै आएको छ। यही निजी क्षेत्रको अनुभव र स्रोतलाई प्रवासी नेपालीको सामाजिक तथा आर्थिक अभियानसँग जोड्ने उद्देश्यले सम्मेलनमा सहकार्य गरिएको गुरुङले बताए।

    एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलनमा मध्यपूर्वमा कार्यरत तथा बसोबास गर्दै आएका नेपालीहरूको एकता, श्रमिकका हकहित, सामाजिक सुरक्षा, संस्थागत सुदृढीकरण तथा नेपालको आर्थिक समृद्धिमा गैरआवासीय नेपालीहरूको योगदानलगायतका विषयमा व्यापक छलफल हुने आयोजकले जनाएको छ।

    सम्मेलनमा नेपालका सभामुख डिपी अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ। त्यस्तै श्रममन्त्री रामजी यादव, प्रमुख राजनीतिक दलहरू रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले तथा नेपाली कम्युनिस्ट पार्टीका सांसदहरू, एनआरएनएका संस्थापक अध्यक्ष तथा पूर्वअध्यक्षहरू, उद्योगी, व्यवसायी, उद्यमी, पत्रकार तथा कलाकारहरूको उल्लेख्य उपस्थिति रहने बताइएको छ।

    सम्मेलनलाई सफल बनाउन एनआरएनए मध्यपूर्व क्षेत्रीय संरचनासँगै एनआरएनए आईसीसी, विश्वभर रहेका अभियन्ता, विभिन्न क्षेत्रका व्यवसायी, समाजसेवी तथा शुभेच्छुकहरूको सहयोग र सहकार्य महत्वपूर्ण रहेको आयोजकले जनाएको छ।

    सम्मेलनको इभेन्ट पार्टनरमा एनआरएनएका वरिष्ठ उपाध्यक्ष तथा सफल व्यवसायी रोविनप्रसाद शेरचन रहेका छन्। को–इभेन्ट पार्टनरमा एनआरएनएका पूर्वअध्यक्ष तथा पिजन इन्जिनियरिङ कम्पनी, दोहाका प्रमुख कार्यकारी अधिकृत आरके शर्मा र रोड सो ग्रुप रहेका छन्।

    त्यस्तै प्लेटिनियम पार्टनरमा ग्लोबल आईएमई बैंक, एनआरएनएका उपाध्यक्ष तथा मलेसियाका व्यवसायी खगेन्द्र न्यौपाने, एनआरएनए उपमहासचिव तथा कतारका व्यवसायी मोहम्मद मुक्तदा मुसलमान र एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजक तथा जीसीडी ग्रुप अफ कम्पनीका अध्यक्ष रमेश श्रेष्ठ रहेका छन्।

    डाइमन्ड पार्टनरमा केएमसीका अध्यक्ष डा. सुनिलकुमार शर्मा, एनआरएनए मध्यपूर्वका डीआरसी विकास शाही, पूर्ण पोखरिया, एनआरएनए आईसीसी कोप सदस्य तुल्सीराम पाण्डे तथा एनआरएनए युरोपका पूर्व युवा संयोजक एवं माल्टाका व्यवसायी प्रकाश भण्डारी रहेका छन्।

    सम्मेलनप्रति विभिन्न क्षेत्रका व्यवसायी तथा अभियन्ताहरूले चासो देखाइरहेको र थप व्यक्ति तथा संस्थाहरू पार्टनरका रूपमा जोडिन इच्छुक रहेको क्षेत्रीय संयोजक श्रेष्ठले बताए। उनका अनुसार सम्मेलन केवल औपचारिक जमघटमा सीमित नभई मध्यपूर्वमा रहेका नेपालीका साझा समस्या, अवसर र नेपालको समृद्धिसँग जोडिएका विषयमा ठोस बहस र सहकार्यको आधार निर्माण गर्ने उद्देश्यले आयोजना हुँदैछ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page