काठमाडौं, असार २० । माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ मा उत्कृष्ट नतिजा ल्याउने तारकेश्वर नगरपालिकाभित्रका १७ जना विद्यार्थीलाई आज एक कार्यक्रमका बीच सम्मान गरिएको छ। नगर प्रमुख कृष्ण हरि महर्जन र उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले सामुदायिक विद्यालयका विद्यार्थीलाई ल्यापटपसहित १ लाख रुपैयाँ नगद तथा संस्थागत विद्यालयका विद्यार्थीलाई ल्यापटपसहित ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरी सम्मान गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ईश्वर प्रसाद आचार्य, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शाखा प्रमुखहरू, शिक्षक, विद्यार्थी, अभिभावक र पत्रकारहरूको उपस्थिति रहेको थियो। शिक्षा विकास तथा समन्वय इकाइ, काठमाडौंका अनुसार वडा नं. ५ स्थित पृथ्वी नारायण मावि काठमाडौं जिल्लाकै सामुदायिक विद्यालयमध्ये पहिलो स्थानमा रहँदै शतप्रतिशत नतिजा दिन सफल भएको छ ।
यस्तै, फुटुङ मावि सातौँ, जितपुर मावि नवौँ र काभ्रेस्थली मावि अठारौँ स्थानमा पर्न सफल भएका छन्। तारकेश्वर नगरपालिकाका चारवटा सामुदायिक विद्यालयले काठमाडौं जिल्लाभित्र शतप्रतिशत नतिजा ल्याउँदै सर्बोत्कृष्ट विद्यालयका रूपमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।
नगरपालिका परिवारले सम्पूर्ण प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक तथा विद्यालय परिवारलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ।
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
भ्रमपूर्ण प्रचारप्रति तरुण दल नुवाकोटको आपत्ति
-
नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीद्वारा घोषणा–पत्र सार्वजनिक