गोरखास्थित प्रदेश अस्पतालले इन्डोस्कोपी सेवा सुरु गरेसँगै अब उपचारका लागि चितवन, काठमाडौं वा अन्य ठूला सहर धाउनुपर्ने बाध्यता हट्ने भएको छ। अस्पतालले सोमबारदेखि औपचारिक रूपमा सेवा सञ्चालनमा ल्याएको हो।
अस्पताल व्यवस्थापन समिति अध्यक्ष कृष्ण ढकालका अनुसार आइतबारबाट इन्डोस्कोपी प्रणाली जडान गरी सोमबारदेखि सेवा सुरु गरिएको हो। विशेषगरी पेटसम्बन्धी रोगहरूको जाँच, घाउ पत्ता लगाउने तथा उपचार गर्न मिल्ने सुविधा अब गोरखामै उपलब्ध भएको छ।
“पहिले इन्डोस्कोपी सेवा नहुँदा बिरामीहरू चितवन र काठमाडौं जान बाध्य थिए,” उनले भने, “अब यहीँ सेवा सुरु भएपछि जिल्लाबासीलाई ठूलो राहत मिल्नेछ।”
यससँगै अस्पतालले ओपीडी सेवा समय पनि परिमार्जन गरेको छ। यसअघि बिहान १० बजेबाट सुरु हुने ओपीडी अब बिहान ८ बजेदेखि सञ्चालन हुने भएको छ। टाढा–टाढाबाट आउने बिरामीलाई सहज बनाउन र भीड व्यवस्थापन गर्न यो निर्णय गरिएको अध्यक्ष ढकालले बताए।
उनका अनुसार गाउँबाट आउने बिरामीहरू बस छुट्ने समयसम्म पनि लाइनमै बस्नुपर्ने समस्या देखिएकाले दुई घण्टा अगावै सेवा सुरु गरिएको हो।
अस्पतालले आगामी दिनमा सेवा थप विस्तार गर्ने योजना पनि अघि सारेको छ। भर्ना भएका बिरामीका लागि छुट्टै फार्मेसी सञ्चालन गर्ने तयारी भइरहेको छ भने अत्याधुनिक ल्याब स्थापना गरी क्यान्सर, क्षयरोग लगायत रोगहरूको स्क्रिनिङ गर्ने योजना समेत रहेको छ।
-
आयुक्त बन्ने आकांक्षाले पूर्व एआईजी शर्माले गरे प्रहरीमाथि कारबाही
-
अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउन कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका चिकित्सक टोली उज्बेकिस्तान प्रस्थान
-
तालपोखरी जात्रा २०८२ हुदै: २१ औं खुल्ला भलिबल प्रतियोगिता मुख्य आकर्षण
-
कान्तिपुर जनरल हस्पिटलद्वारा एकीकृत समृद्धि नेपाललाई आर्थिक सहयोग
-
गोरखा–२ मा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीको निर्वाचन खर्च २२ लाख ५५ हजार