logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

गोरखा–२ मा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीको निर्वाचन खर्च २२ लाख ५५ हजार

गोरखा–२ मा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीको निर्वाचन खर्च २२ लाख ५५ हजार


  • आइतबार, चैत्र १ २०८२
  • 16.1K
    SHARES

    गोरखा क्षेत्र नं २ मा नेपाली कांग्रेसको तर्फबाट चुनाव लडेका प्रकाशचन्द्र दवाडीले निर्वाचन आयोगमा रु २२,५५,७२५ बराबरको खर्च विवरण बुझाएका छन्।

    उनका विवरण अनुसार सबैभन्दा ठूलो खर्च सवारी साधन तथा इन्धनमा भएको छ, जसका लागि उनले रु ८,८३,१०० खर्च गरेका छन्। प्रचारप्रसार सामग्री अन्तर्गत मतदाता नामावली प्रिन्ट, प्रतिबद्धतापत्र, ब्यानर, नमुना मतपत्र र झण्डामा रु २,६७,००० खर्च भएको छ।

    मिडिया खर्चमा रेडियो, पत्रपत्रिका, अनलाइन विज्ञापन, फोटो, भिडियो, ग्राफिक्स र जिंगल डिजाइनमा रु २,२५,००० खर्च भएको विवरणमा उल्लेख छ।  भेला तथा गोष्ठी शीर्षकमा ७ लाख ५ हजार रुपैँया खर्च भएको उल्लेख छ । उनको निर्वाचन खर्च विवरणमा सचिवालय खर्चअन्तर्गत ३८ वडा कार्यालयको भाडा, बिजुली, टेलीफोन, इन्टरनेट र स्टेशनरी शीर्षकमा तीनलाख ८० हजार २० रुपैँया खर्च भएको उल्लेख छ । दवाडीले निर्वाचन अवधिका लागी ३८ वटा वडा सम्पर्क कार्यालय संचालन गरेका थिए । आफूले प्रति वडा कार्यालय रु १० हजार रुपैँया खर्च गरेको उनले जनाएका छन् ।

    यस्तै, घरदैलो, खाना तथा खाजा शीर्षकमा एकलाख ५६ हजार, कोणसभामा दुईलाख २० हजार र अन्य विविध खर्च शीर्षकमा सातहजार ५९० रुपैँया खर्च भएको विवरणमा उल्लेख छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page