logo

बुधबार, चैत्र १० २०८२

kantipurpationlinetv

२०८२ चैत्र १० बुधबार

अष्ट्रेलियाका धनीको सूचीमा पुनः शेष घले र जमुना गुरुङ

अष्ट्रेलियाका धनीको सूचीमा पुनः शेष घले र जमुना गुरुङ


  • बुधबार, चैत्र १० २०८२
  • 3K
    SHARES

    नेपाली मूलका उद्यमी शेष घले र जमुना गुरुङयस वर्ष पनि अष्ट्रेलियाका सर्वाधिक धनी व्यक्तिहरूको सूचीमा अटाएका छन्। The Australian ले सार्वजनिक गरेको सन् २०२६ मा अष्ट्रेलियाका धनी तथा उच्च आम्दानी गर्नेहरूको सूचीमा उनीहरू क्रमशः १५०औँ र १५१औँ स्थानमा रहेका छन्।

    घले दम्पती लगातार १८ वर्षदेखि उक्त सूचीमा स्थान सुरक्षित राख्दै आएका छन्। उनीहरू सन् २००९ मा पहिलोपटक शीर्ष २५० धनीहरूको सूचीमा प्रवेश गरेका थिए।

    उनीहरू Melbourne Institute of Technology (एमआईटी) का सह–संस्थापक हुन्। द अष्ट्रेलियनका अनुसार घले दम्पतीले संयुक्त रूपमा १ अर्ब २१ करोड डलर बराबरको सम्पत्ति आर्जन गरेका छन्।

    नेपालमा जन्मिएका यी उद्यमी सन् १९९० को दशकको सुरुतिर अष्ट्रेलिया बसाइँ सरेका थिए। सन् १९९६ मा स्थापना गरिएको एमआईटी हाल MelbourneSydney मा क्याम्पस सञ्चालन गर्दै अष्ट्रेलियाका विश्वविद्यालयहरूसँग साझेदारीमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि प्रमुख निजी उच्च शैक्षिक संस्थामध्ये एक बनेको छ।

    शिक्षा क्षेत्र उनीहरूको मुख्य व्यवसाय भए पनि घले दम्पती घरजग्गा क्षेत्रमा पनि सक्रिय छन्। उनीहरूले मेलबर्नभरि व्यावसायिक सम्पत्तिहरू अधिग्रहण गरेका छन्, जसमध्ये धेरै स्थानमा एमआईटीका क्याम्पस सञ्चालन भइरहेका छन्।

    उनीहरूको प्रमुख सम्पत्तिमध्ये मेलबर्नको सिबीडीको उत्तरी किनारामा रहेको ३८६–४१२ विलियम स्ट्रिटस्थित करिब ३,९०० वर्ग मिटर क्षेत्रफलको जग्गा पर्दछ। उक्त जग्गा सन् २००९ मा १ करोड ७८ लाख डलरमा खरिद गरिएको थियो र पुनःविकासका लागि छुट्याइएको छ।

    सन् २०२५ मा त्यहाँ रहेको पुरानो भवन भत्काइएपछि कार्यालय बजार सुस्त बनेको कारण देखाउँदै उनीहरूले आफ्नो योजना परिवर्तन गरी सो स्थानमा विलासी होटल तथा सर्भिस अपार्टमेन्ट निर्माण गर्ने निर्णय गरेका छन्। उक्त खाली जग्गाको भूमि कर मात्रै वार्षिक करिब २० लाख डलर लाग्ने घलेले जानकारी दिएका छन्।

    द अष्ट्रेलियनका अनुसार घले र गुरुङले शिक्षा तथा सामुदायिक परियोजनामा सहयोग गर्दै आएका छन्। साथै, बेल्जियम र नेपालमा होटल व्यवसायमा पनि उनीहरूको लगानी रहेको छ, जसमा काठमाडौंमा छिट्टै सञ्चालनमा आउने एक प्रतिष्ठित होटल पनि समावेश छ।

    Shesh Ghale गैरआवासीय नेपाली संघ (एनआरएन) का पूर्व अध्यक्षसमेत हुन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech