कीर्तिपुर: शैक्षिक तथा पेशागत तालिममा क्रियाशील एपी ईन्सिच्युट अफ लर्निङ्गले आफ्नो पहिलो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। कीर्तिपुर, नयाँबजारस्थित कार्यालयमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, संस्थाका पदाधिकारीसहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा विशेष अतिथिको रूपमा टिकटकर मिस पवि, गायक तथा संगीतकार रोशन सिंह, र कलाकार रोशनी कार्कीको उपस्थिति रहनुले कार्यक्रमलाई अझ रंगीन बनायो।
कार्यक्रमको प्रमुख आकर्षणको रूपमा “Happy 1st Anniversary A.P Institute” लेखिएको केक काटिएको थियो। संस्थाका सञ्चालक अंशू बर्मा, जो टिकटकर र समाजसेवी समेत हुन्, उनले संस्थाको स्थापनाको पहिलो वर्षमा प्राप्त सफलताप्रति खुशी व्यक्त गरे। उनले सञ्चालनमा ल्याएको “बर्मा नोट बुक” परियोजनाको पनि चर्चा गरिएको थियो, जुन शैक्षिक सामग्री र सामाजिक योगदानमा केन्द्रित छ।
वार्षिकोत्सवको अवसरमा संस्थाले सबै नयाँ भर्ना हुने विद्यार्थीहरूका लागि एक हप्ता सम्मको लागी २५% छुटको घोषणा पनि गरेको छ, जुन सीमित अवधिका लागि लागु हुनेछ।
एपी ईन्सिच्युटले लोकसेवा, शिक्षक सेवा, सुरक्षानिकाय, भाषा कक्षा (कोरियन, जापानीज, अङ्ग्रेजी), कम्प्युटर तालिम, LLB/BALLB प्रवेश तयारी, र ब्रिज कोर्सहरू सञ्चालन गर्दै आइरहेको छ।
थप जानकारी र भर्नाका लागि इच्छुक विद्यार्थी तथा अभिभावकहरूले ९८४९४५८५६४ मा सम्पर्क गर्न सक्नेछन्।
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
भ्रमपूर्ण प्रचारप्रति तरुण दल नुवाकोटको आपत्ति
-
नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीद्वारा घोषणा–पत्र सार्वजनिक