काठमाडौँ, ८ साउन —त्रिभुवन विश्वविद्यालय अन्तर्गतका केन्द्रीय विभागमा गाभिएका केही नयाँ विभागमा शुल्क अत्यधिक भएको भन्दै विद्यार्थीहरूले आन्दोलन सुरु गरेका छन्।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी), TU जिल्ला समितिको नेतृत्वमा बुधबारदेखि विश्वविद्यालयको उपकुलपति कार्यालयमा धर्ना सुरु गरिएको हो।
आन्दोलनमा सहभागी विद्यार्थीहरूले “शिक्षामा शोषण बन्द गर, शुल्क तुरुन्त घटाउ”, “गरिब विद्यार्थीको छातीमा गोली”, “यो त केन्द्रीय विभागको नीतिमा झोली” जस्ता नारा लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका छन्।
आन्दोलन संयोजक मनिष चम्लागाईंका अनुसार, “केन्द्रीय विभागमा गाभिएका विभागहरूमा शुल्क अत्यधिक राखिएको छ, जुन गरिब तथा मध्यमवर्गीय विद्यार्थीहरूका लागि ठूलो आर्थिक बोझ बनेको छ। यो निर्णय तत्काल फिर्ता लिनुपर्छ।”
उनका अनुसार, माग पूरा नभए थप सशक्त आन्दोलनमा उत्रिने तयारी भइरहेको छ।
विद्यार्थी यूनियनले गत असार ३१ गते १८ बुँदे मागपत्र विश्वविद्यालय प्रशासनलाई बुझाएको थियो। सो मागपत्रमा शुल्क समायोजन प्रमुख माग रहेको र त्यसको लागि १० दिने अल्टिमेटम दिइएको थियो। तर माग सम्बोधन नभएपछि चरणबद्ध आन्दोलनको घोषणा गरिएको हो।
त्रिवि प्रशासनले यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण