काठमाडौँ, ८ साउन —त्रिभुवन विश्वविद्यालय अन्तर्गतका केन्द्रीय विभागमा गाभिएका केही नयाँ विभागमा शुल्क अत्यधिक भएको भन्दै विद्यार्थीहरूले आन्दोलन सुरु गरेका छन्।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी), TU जिल्ला समितिको नेतृत्वमा बुधबारदेखि विश्वविद्यालयको उपकुलपति कार्यालयमा धर्ना सुरु गरिएको हो।
आन्दोलनमा सहभागी विद्यार्थीहरूले “शिक्षामा शोषण बन्द गर, शुल्क तुरुन्त घटाउ”, “गरिब विद्यार्थीको छातीमा गोली”, “यो त केन्द्रीय विभागको नीतिमा झोली” जस्ता नारा लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका छन्।
आन्दोलन संयोजक मनिष चम्लागाईंका अनुसार, “केन्द्रीय विभागमा गाभिएका विभागहरूमा शुल्क अत्यधिक राखिएको छ, जुन गरिब तथा मध्यमवर्गीय विद्यार्थीहरूका लागि ठूलो आर्थिक बोझ बनेको छ। यो निर्णय तत्काल फिर्ता लिनुपर्छ।”
उनका अनुसार, माग पूरा नभए थप सशक्त आन्दोलनमा उत्रिने तयारी भइरहेको छ।
विद्यार्थी यूनियनले गत असार ३१ गते १८ बुँदे मागपत्र विश्वविद्यालय प्रशासनलाई बुझाएको थियो। सो मागपत्रमा शुल्क समायोजन प्रमुख माग रहेको र त्यसको लागि १० दिने अल्टिमेटम दिइएको थियो। तर माग सम्बोधन नभएपछि चरणबद्ध आन्दोलनको घोषणा गरिएको हो।
त्रिवि प्रशासनले यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
मर्स्याङ्दीमा आठौँ मर्स्याङ्दी कप सुरु, पहिलो दिन ९०० विद्यार्थी सहभागी
-
घान्द्रुकमा खुल्यो १५ करोड लगानीको आरजे बुटिक होटल
-
चाँगुनारायणमा राष्ट्रियस्तरीय सो–क्योकुशिन फुल कन्ट्याक्ट कराते प्रतियोगिताको तयारी पूरा, २५० भन्दा बढी खेलाडी सहभागी हुने
-
कोरियन ब्यूटी स्किल अब नेपालमै, ओपाल ग्लोबल स्किल्स एकेडेमीले ल्यायो नयाँ तालिम