काठमाडौं । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रिया सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आयोगको टोलीले बुधबार झापाको दमक नगरपालिका–१ स्थित एक खाजाघरबाट खड्कालाई सेवाग्राहीबाट लिएको ६ लाख रुपैयाँसहित रंगेहात पक्राउ गरेको हो।
आयोगले इन्जिनियर खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिने र ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने नाममा सेवाग्राहीलाई दुःख तथा हैरानी दिँदै घुस/रिसवत मागेको जनाएको छ।
पक्राउ परेका खड्कामाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
-
सार्वजनिक बिदाका दिनसमेत खुला रहने बारपाक सुलिकोट गाउँपालिकाको कार्यालय
-
ऐतिहासिक लिगलिगे दौडको प्रारम्भिक स्थलमा सरसफाई तथा वृक्षारोपण सम्पन्न
-
मनसुनजन्य विपद्को जोखिम बढेपछि मर्स्याङ्दी गाउँपालिकाद्वारा उच्च सतर्कता अपनाउन अपिल
-
मर्स्याङ्दी गाउँपालिकाद्वारा कक्षा १–८ का लागि ‘हाम्रो मर्स्याङ्दी’ स्थानीय पाठ्यपुस्तक सार्वजनिक
-
गोरखामा भ्याट र परिवर्तित करबारे अभिमुखीकरण, ९० व्यवसायी सहभागी