गोरखा — गृहमन्त्री सुधन गुरुङले प्रदेश अस्पताल, गोरखाको अनुगमन तथा निरीक्षण गरेका छन्। अस्पतालको सेवा प्रवाह, पूर्वाधार अवस्था, विद्यमान चुनौती तथा आगामी योजनाबारे जानकारी लिन गृहमन्त्री गुरुङ अस्पताल पुगेका हुन्।
निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण ढकालले स्वागत मन्तव्य व्यक्त गर्दै अस्पतालको तीन वर्षे कार्ययोजना गृहमन्त्री गुरुङलाई हस्तान्तरण गरेका थिए।
त्यसपछि निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. शम्भु अधिकारीले अस्पतालबाट प्रवाह भइरहेका स्वास्थ्य सेवा, हालको अवस्था, देखिएका चुनौती तथा आगामी योजनाबारे प्रस्तुति दिएका थिए।
निरीक्षणका क्रममा गृहमन्त्री गुरुङसहित उपस्थित अतिथिहरूले अस्पतालका विभिन्न विभाग तथा सेवा एकाइहरूको अवलोकन गरेका थिए। सो अवसरमा अस्पतालले प्रदान गर्दै आएका सेवा, उपचार व्यवस्थापन, आवश्यक पूर्वाधार तथा सेवा विस्तारका सम्भावनाबारे जानकारी लिइएको थियो।
भ्रमणका क्रममा अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र नागरिकमैत्री बनाउन आवश्यक सुधारका विषयमा छलफल भएको थियो। गृहमन्त्री गुरुङले स्वास्थ्य सेवा क्षेत्रको सुधारका लागि आवश्यक सहयोग र समन्वयमा जोड दिएका थिए।
प्रदेश अस्पताल, गोरखा प्रशासनले निरीक्षणका क्रममा प्राप्त सुझाव, मार्गदर्शन तथा सकारात्मक पृष्ठपोषणले अस्पतालको सेवा विस्तार र गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।



-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने