काठमाडौं, ८ साउन। जिल्ला प्रहरी परिसर काठमाडौंले गुण्डागर्दी तथा विभिन्न आपराधिक गतिविधिमा संलग्न १ हजार ८ सय ७१ जना व्यक्तिको विस्तृत प्रोफाइल तयार गरेको जनाएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परिसरले उक्त जानकारी सार्वजनिक गरेको हो।
परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार काठमाडौंमा हुने विभिन्न प्रकृतिका अपराध तथा गुण्डागर्दीमा संलग्न व्यक्तिहरूको पहिचान, निगरानी र अनुसन्धानलाई प्रभावकारी बनाउन उनीहरूको प्रोफाइल तयार पारिएको हो।
उनका अनुसार कुनै आपराधिक घटना भएमा संदिग्ध व्यक्तिको पहिचान गर्न, खोजी गर्न तथा कानुनी कारबाहीको दायरामा ल्याउन सहज होस् भन्ने उद्देश्यले अपराधमा संलग्न व्यक्तिहरूको तीन पुस्तेसहितको विवरण संकलन गरिएको छ।
प्रहरीले प्रोफाइल तयार गर्दा पटके अभियुक्त र उनीहरू संलग्न अपराधको प्रकृतिअनुसार छुट्टाछुट्टै वर्गीकरण समेत गरेको जनाएको छ।
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा