logo

मंगलबार, साउन १२ २०८३

kantipurpationlinetv

२०८३ साउन १२ मंगलबार

सांसद ज्ञानेन्द्र शाहीलाई न्यूयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’

सांसद ज्ञानेन्द्र शाहीलाई न्यूयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’


  • सोमबार, साउन १२ २०८२
  • 8.5K
    SHARES

    न्यूयोर्क, अमेरिका — अमेरिकाको न्यूयोर्क शहरमा आयोजित एक विशेष समारोहमा नेपालका प्रतिनिधिसभा सांसद तथा सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिएको छ।

    शाहीले यो अवार्ड ग्रहण गरेपछि कर्णाली र जुम्ली जनताका साथै देश–विदेशमा रहेका सम्पूर्ण नेपाली समुदायप्रति आभार प्रकट गर्दै यो सम्मान उनीहरूकै विश्वास र समर्थनको परिणाम भएको उल्लेख गरे। उनले अवार्डलाई समर्पणको भावनाका साथ जनताको नाममा अर्पण गर्दै भने: “ग्लोबल हिरो अवार्ड कर्णाली र जुम्ली जनताको भरोसा र सम्पूर्ण नेपालीहरूको विश्वासको प्रतिफल हो। यो अवार्डले समाजमा सकारात्मक काम गर्ने थप प्रेरणा दिनेछ र एकताको भावना मजबुत बनाउनेछ।”

    कार्यक्रममा शाहीले आयोजक संस्था ‘हामी ग्लोबल नेपाली’को प्रशंसा गर्दै आयोजकहरूको अथक प्रयास, लगनशीलता र समर्पण प्रति आभार व्यक्त गरे। उनले भने:“कार्यक्रमको व्यवस्थापन, प्रस्तुति र समग्र वातावरण अत्यन्तै उत्कृष्ट थियो। यसले विदेशमा बसेका नेपालीहरूबीचको सम्बन्ध अझ प्रगाढ बनाएको छ।”

    यो अवार्ड समाजमा उल्लेखनीय योगदान गरेका नेपालीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मानित गर्न प्रदान गरिन्छ। शाहीको भ्रष्टाचारविरोधी अभियान, जनसंवेदनशील मुद्दाहरूमा सक्रियता, तथा राष्ट्रियता र सामाजिक न्यायप्रतिको प्रतिबद्धता यस अवार्डका प्रमुख आधार बनेका छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page