
चितवन — एकातिर युवायुवती जागिरको खोजीमा भौतारिरहेका छन्, अर्कातिर चितवनकी एक युवती यस्ती छन्, जसले जागिर, मोडलिङ र पत्रकारिता — तीनै क्षेत्रमा आफूलाई स्थापित गर्न सफल भएकी छन्।
उनको नाम हो: सम्पदा अम्गाई। हाल उनी Dongfeng Nammi र Seres कम्पनीको भरतपुरस्थित गाडी शोरूममा इन्चार्जको रूपमा कार्यरत छिन्। उनको काम गर्ने तरिका यस्तो छ कि उनले जागिरलाई केवल समय बिताउने साधन होइन, सपना पूरा गर्ने कर्मभूमि बनाएकी छन्।
“जहाँ काम गर्छौं, त्यहाँ आत्मा राख, सम्मान देऊ र माया गर,” सम्पदाको भनाइ छ।
उनी शोरूममा काम गर्नेबाहेक मोडल र पत्रकार पनि हुन्। उनका अनुसार, काम जे होस् — इमानदारी र लगाव भए सफल हुन सकिन्छ।
सम्पदा मोडलिङ क्षेत्रमा पनि छुट्टै परिचय बनाइसकेकी छन्। उनले Miss +2 Chitwan 2018 र Miss Beautiful Nepal 2019 को उपाधि जितेकी छन्। अन्तर्राष्ट्रिय अवार्ड समेत हात पारिसकेकी उनी कयौं म्युजिक भिडियोहरूमा अभिनय गरिसकेकी छन्।
उनका टिकटक भिडियोहरू लाखौंले हेरेका छन्, तर त्यो भाइरल सौन्दर्यका लागि नभई, उनको सोच, आत्मविश्वास र कामप्रतिको लगावका कारण हो।
“मोडलिङ र जागिर — दुवैमा मैले आफू गुमाइनँ, आत्मबल राखेँ,” उनी भन्छिन्।
सम्पदाले पत्रकारिताको +2 तहको अध्ययन पूरा गरेर स्नातक स्तरमा अध्ययन गरिरहेकी छन्। उनले सामाजिक मुद्दा उठाउने विषयमा लेख लेखेर पत्रकारितामा पनि आफ्नो उपस्थिति जनाएकी छन् । “पत्रकारिताले मलाई समाजसँग जोड्ने मौका दिएको छ,” उनले भनिन्।
शोरूम इन्चार्ज, मोडल र पत्रकार: तीनै फरक क्षेत्र भए पनि सम्पदाको सोच एउटै छ : ‘काममा आत्मा मिसाउ, सम्मान देऊ र माया गर’। उनी आफूले गर्ने कामलाई व्यवसाय मात्र नभई आत्म-परिवर्तनको माध्यम ठान्छिन्। यही सोचले उनी आजका युवायुवतीका लागि रोल मोडल बन्न पुगेकी छन्।
“काम सानो कि ठूलो होइन, सोच कस्तो छ भन्ने कुराले भविष्य बनाउँछ।” भन्ने कुरा सम्पदाले अरूलाई सिकाएकी छिन् ।
-
अन्तर्राष्ट्रिय पहिचान: नेपाली क्रिएटर बद्री प्रसाद तिवारीको डान्स भिडियोलाई T-Series ले सेयर गर्यो
-
पुष्कल शर्माको नयाँ तीज गीत ‘श्रीमान’ सार्वजनिक, मौलिकता र भावनाको सुन्दर संगम
-
धादिङका मानसिक बिरामी देवबहादुरलाई नेपाल युथ क्लबको २ लाख ३५ हजार सहयोग: सोम मगरको अभियानले पायो सार्थकता
-
जानकी तारामी मगरको नयाँ तीज गीत ‘घैया घैया’ सार्वजनिक, श्रीमान् भगवान थापासँगै भिडियोमा उपस्थित
-
मिस नेपालदेखि शोरूम इन्चार्जसम्म: सम्पदाको बहुआयामिक यात्रा