कोष खड्का (भारद्वाज) नेपाली उद्घोषण क्षेत्रमा एक चर्चित नाम हो, जसको यात्रा रेडियोको सानो स्टुडियोबाट सुरु भई आज देशभरि चर्चित स्टेजसम्म फैलिएको छ। बोल्ने शुद्धता, शब्दप्रतिको संवेदनशीलता र आत्मा छुने प्रस्तुतीकरणको कारण उनी केवल उद्घोषक नभई प्रेरणादायी वक्ताका रूपमा पनि स्थापित हुँदैछन्।
उनको उद्घोषण यात्रा २०६८ सालमा रेडियोबाट सुरु भयो। पहिलोपटक पुस महिनामा रेडियो अन एयर हुँदा उनी डरले पसिनाले निथ्रुक्क भएका थिए। तर, त्यही क्षणबाट उनले आत्मविश्वासको बीउ रोपे। त्यसपछि उनले एक दशक रेडियोमा बिताए। रेडियोलाई उनी आफ्नो जीवनको ठूलो पाठशाला मान्छन्।
२०७२ सालबाट धार्मिक स्टेजमा प्रवेश गरेपछि उनका शब्दहरूले हजारौंको मन छोएन, जीवन बदल्न थाल्यो। उनका प्रस्तुतिहरूले कतिपय श्रोताको आँखाबाट आँसु झारेका छन्, कतिपयको जीवनलाई नै नयाँ दिशा दिएका छन्। उनले नेपालका ७३ जिल्लामा पुगेर उद्घोषण गरिसकेका छन्।
कोष भन्छन् – “उद्घोषक आफ्नै कुरा बोल्दैन, अरूको भावना बोल्छ।” उनका अनुसार, उद्घोषकले समाजमा रूपान्तरण ल्याउने शक्ति राख्छ। अध्ययन, विनम्रता र धैर्यता उद्घोषकका मूल मन्त्र हुन्। उनी अहिले हरेक वर्ष १५ भन्दा बढी महोत्सव र १०–२० धार्मिक कार्यक्रम सञ्चालन गर्छन्।
भविष्यमा कथावाचक बन्ने सम्भावना रहेको संकेत दिएका कोष खड्का आफूलाई माया गर्ने दर्शक, भक्त र आमाबुबाको प्रेमलाई सबैभन्दा ठूलो कमाइ ठान्छन्। उनी भन्छन्, “चुनौतीभित्र अवसर देख्न सक्ने मान्छे नै सफल हुन्छ।”
कोष खड्काको जीवनयात्रा एउटा यस्तो उदाहरण हो, जसले देखाउँछ – साधन नभए पनि साधना भए पुग्छ। आवाजलाई आत्माको स्वर बनाउँदै अगाडि बढ्ने उनको कथा आजका युवा पुस्ताका लागि प्रेरणाको श्रोत बन्न सक्छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण