काठमाडौं । गायिका मधु रसाइलीले आफ्नो जन्मदिनको अवसर पारेर सामाखुसीस्थित मानव सेवा आश्रममा आश्रित वृद्धवृद्धालाई भोजन गराएकी छन्।
जन्मदिन मनाउँदा हुने अनावश्यक तथा फजुल खर्च कटाएर उनले आश्रममा रहेका करिब ७० देखि ८० जना वृद्धवृद्धालाई एक छाक भोजन गराएकी हुन्।
गायन क्षेत्रमा सक्रिय रसाइली सामाजिक सेवामा समेत निरन्तर जोडिँदै आएकी छन्। जन्मदिनमा हुने तडकभडक तथा अनावश्यक खर्चलाई कटौती गर्दै आश्रममा रहेका असहाय वृद्धवृद्धालाई भोजन गराएर उनले सामाजिक उत्तरदायित्व निर्वाह गरेकी हुन्।
जन्मदिनको अवसरमा आश्रममा रहेका बुवा–आमालाई भोजन गराउन पाउँदा आफूलाई निकै आनन्द र आत्मसन्तुष्टि मिलेको रसाइलीले बताइन्।
उनले आफ्ना स्वर्गीय हजुरबुवा रुद्रबहादुर सुनारलाई स्मरण गर्दै उनको चिरशान्तिको कामनासमेत गरेकी छन्।
आश्रमका बुवा–आमाले उनलाई आशीर्वाद दिएका थिए। जन्मदिनको अवसरमा व्यक्तिगत खुसीसँगै असहाय तथा ज्येष्ठ नागरिकसँग खुसी साट्दै सामाजिक सेवामा जोडिएको रसाइलीको यो कार्यले सकारात्मक सन्देश दिएको छ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
कलाकारितापछि राजनीतिमा प्रकाश कटुवाल, कांग्रेस महाधिवेशन प्रतिनिधिमा भिड्दै
-
दोहोरी गीत प्रतिष्ठान उपत्यका समितिद्वारा संगीत प्रशिक्षण कक्षा शुभारम्भ
-
बाढीपीडितको घाउमा मलम लगाउँदै द राइजिङ युथ क्लब, रसुवादेखि नुवाकोटसम्म उद्धार र राहतमा सक्रिय
-
खेम सेन्चुरीले नारायण रायमाझीको ‘बसन्ती’बाट फिल्ममा डेब्यु गर्ने