logo

शुक्रबार, जेष्ठ २९ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ २९ शुक्रबार

पर्यटकको पहिलो रोजाइ बन्दै पोखराको मजेरी रिसोर्ट एण्ड स्पा: सस्तो मूल्यमा लक्जरी अनुभव

पर्यटकको पहिलो रोजाइ बन्दै पोखराको मजेरी रिसोर्ट एण्ड स्पा: सस्तो मूल्यमा लक्जरी अनुभव


  • बुधबार, जेष्ठ ६ २०८३
  • 4.3K
    SHARES

    पोखरा, कास्की — पोखराको लेकसाइड क्षेत्रमा अवस्थित मजेरी रिसोर्ट एण्ड स्पा पछिल्लो समय आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकबीच तीव्र रूपमा लोकप्रिय बन्दै गएको छ। सस्तो मूल्यमा उच्चस्तरीय आतिथ्य सेवा प्रदान गर्ने “बेस्ट भ्यालु स्टे” को रूपमा परिचित यो रिसोर्ट भारतसहित विभिन्न देशका पर्यटकहरूको प्रमुख रोजाइ बन्न थालेको छ।

    स्थानीय युवाहरूको पहलमा स्थापना गरिएको यस रिसोर्टले “नेपालमै केही गर्न सकिन्छ” भन्ने अवधारणासहित आतिथ्य सेवामा आफ्नो पहिचान विस्तार गर्दै आएको छ।

    करिब ३.५ रोपनी क्षेत्रफलमा फैलिएको यस रिसोर्टमा ५७ वटा आधुनिक सुविधा सम्पन्न कोठाहरू रहेका छन्, जसका अधिकांश कोठाबाट फेवा ताल, माछापुछ्रे हिमाल, सारङकोट तथा आसपासका हरियाली र हिमश्रृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। प्रत्येक कोठामा बाल्कोनी सुविधा उपलब्ध छ, जसले पाहुनालाई प्राकृतिक सौन्दर्यसँग नजिकको अनुभव प्रदान गर्छ।

    पाहुनाको सहजताका लागि लिफ्ट (elevator), व्यवस्थित पूर्वाधार, हरियाली वातावरण, पार्किङ सुविधा तथा इलेक्ट्रिक भेहिकल (EV) चार्जिङ स्टेसन समेत उपलब्ध छन्। रिसोर्टमा वर्षभर सञ्चालन हुने आउटडोर स्विमिङ पुल र स्पा सुविधाले बसाइलाई थप आरामदायी बनाएको छ।

    रिसोर्टको प्रमुख आकर्षणमध्ये एक यहाँको उच्चस्तरीय खाद्य सेवा हो। ‘जुन्किरी’ (Junkiri) रेस्टुरेन्टमार्फत नेपाली, भारतीय, चाइनिज तथा कन्टिनेन्टल परिकारका साथै बुफे ब्रेकफास्ट सेवा उपलब्ध छ। पाहुनाहरूले यहाँको स्वाद, प्रस्तुति र गुणस्तरलाई विशेष रूपमा प्रशंसा गर्ने गरेका छन्। सफा कोठा, शान्त वातावरण, सहयोगी कर्मचारी तथा उत्कृष्ट दृश्यका कारण धेरै पाहुनाले पुनः बसाइका लागि यो रिसोर्ट रोज्ने गरेको देखिन्छ।

    रिसोर्टमा अनलाइन बुकिङ सुविधा उपलब्ध छ, जसले स्वदेश तथा विदेशका पर्यटकलाई सजिलै सेवा लिन सक्ने वातावरण बनाएको छ। डिजिटल प्रणालीका कारण बुकिङ प्रक्रिया छिटो, सहज र प्रभावकारी भएको छ। यसका साथै, खुला रूफटप (open rooftop) जस्ता आधुनिक संरचनाले रिसोर्टलाई थप आकर्षक बनाएको छ।

    रिसोर्टको आन्तरिक सजावटमा नेपाली कला, संस्कृति र परम्परागत सामग्रीहरूको सुन्दर संयोजन गरिएको छ। यसले विदेशी पाहुनालाई नेपालको सांस्कृतिक पहिचान नजिकबाट अनुभव गर्ने अवसर प्रदान गर्छ। हरियाली परिवेश, शान्त वातावरण र आधुनिक डिजाइनले पाहुनालाई आरामदायी बसाइको अनुभूति दिलाउँछ।

    यस रिसोर्टले करिब ८० जना स्थानीयलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। साथै, स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै आन्तरिक स्रोत साधनको उपयोगलाई समेत प्रोत्साहन गरिएको छ।पोखरा आउने पर्यटकहरूका लागि आवश्यक यात्रा व्यवस्थापन तथा अन्नपूर्ण केबलकारमार्फत सारङकोट भ्रमण जस्ता सेवामा समेत सहजीकरण गरिँदै आएको छ।

    रिसोर्टमा विभिन्न सभा, बैठक, विवाह, व्रतबन्ध, जन्मदिन तथा वार्षिकोत्सव लगायतका कार्यक्रमहरू आयोजना गर्न सकिने गरी करिब १०० जना अटाउने क्षमता भएको आधुनिक प्रविधिसहितको हल समेत उपलब्ध छ।

    किफायती मूल्यमा उच्चस्तरीय सेवा, आधुनिक सुविधा, स्वादिलो खानपान, उत्कृष्ट पाहुना अनुभव तथा सांस्कृतिक सौन्दर्यको संयोजनका कारण मजेरी रिसोर्ट एण्ड स्पा पोखरामा आउने आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकहरूको प्रमुख आकर्षण बन्दै गएको छ। “पोखराकै बेस्ट भ्यालु रिसोर्ट” को रूपमा यसको पहिचान थप मजबुत हुँदै गएको देखिन्छ।

    तस्बिरमा हेर्नुहोस्:

     


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page