काठमाडौं । काठमाडौंको सामाखुसीस्थित सिटी स्क्वायर मलमा केही दिनअघि नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री करिश्मा मानन्धरद्वारा उद्घाटन गरिएको ‘ओएसिस युनिसेक्स सलोन एण्ड स्पा’ले उद्घाटन अवसरमा प्रदान गरेको ५० प्रतिशत छुट अफरका कारण सेवाग्राहीको उल्लेख्य भीड देखिएको छ । सिटी स्क्वायर मलको पाँचौं तलामा सञ्चालनमा आएको सैलुनमा वैशाख २६ गतेदेखि जेठ २ गतेसम्म सम्पूर्ण सेवामा ५० प्रतिशत छुट उपलब्ध गराइएको हो ।
‘स्टेप इन्टु स्टाइल, ब्युटी एन्ड कन्फिडेन्स’ भन्ने नारासहित सञ्चालनमा आएको सैलुनमा हेयर, स्किन, नेल तथा स्पा सम्बन्धी आधुनिक सेवा उपलब्ध रहेका छन् ।
सलोनकी सञ्चालिका सुशीला थापाले उद्घाटन अवसरमा ल्याइएको विशेष छुट अफरले सेवाग्राहीबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताइन् । उनले भनिन्, “उद्घाटन विशेष ५० प्रतिशत छुट अफरले ग्राहकको आकर्षण बढाएको छ । हामीले गुणस्तरीय सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राखेका छौँ ।”
सञ्चालक पक्षका अनुसार सैलुनमा म्यानिक्योर, पेडिक्योर, हेयर सर्भिस, फेसियल, वाक्सिङ, नेल आर्ट, आइल्यास, स्पा तथा वेलनेस लगायतका सेवा अनुभवी ब्युटिसियन तथा हेयर डिजाइनरमार्फत प्रदान गरिँदै आएको छ ।
उद्घाटन विशेष अफरका कारण सेवाग्राहीको उल्लेख्य भीड देखिएको र सैलुन सौन्दर्य सेवाका लागि आकर्षण केन्द्र बन्दै गएको सञ्चालक पक्षले जनाएको छ ।

-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने