logo

आइतबार, भाद्र २८ २०८३

kantipurpationlinetv

२०८३ भाद्र २८ आइतबार

६ बर्षपछि ‘मेरिबास्सै’मा राजु मास्टरको कमब्याक, लेखन र निर्देशन सम्हाल्ने

६ बर्षपछि ‘मेरिबास्सै’मा राजु मास्टरको कमब्याक, लेखन र निर्देशन सम्हाल्ने


  • शुक्रबार, साउन २३ २०८२
  • 32K
    SHARES

    काठमाडौं, नेपाल — झण्डै दुई दशकदेखि दर्शकको मन जित्दै आएको लोकप्रिय हास्य टेलिसिरियल ‘मेरिबास्सै’मा पुनः नयाँ उर्जा थपिएको छ। करिब १९ वर्षको यात्रा पार गर्दै गरेकाे सिरियलमा यसपटक कलाकार राजु पौडेल (राजु मास्टर) लेखन, निर्देशन र अभिनयको जिम्मेवारी सम्हाल्दै पुनः फर्किएका छन्।

    राजुले ‘मेरिबास्सै’बाटै आफ्नो कलाकारिताको यात्रा सुरु गरेका थिए। उनले सुरुवातदेखि १२ वर्षसम्म निरन्तर अभिनय गरेपछि ६ वर्ष अन्य सिरियलमा संलग्न भएका थिए। तर अब उनी फेरि आफ्नै घरमा फर्किएजस्तै अनुभूति गरिरहेका छन्।

    “मेरिबास्सै मेरो घर हो। यहीँले मलाई कलाकार बनायो। अहिले लेखन र निर्देशनको जिम्मेवारी पनि लिएको छु, त्यसैले चुनौती पनि महसुस भइरहेको छ,” राजुले भने।

    राजु पौडेलले अब ‘मेरिबास्सै’को ९२३औं भागबाट सिरियल सम्हाल्ने छन्। उनले चार भागको छायांकन सम्पन्न भइसकेको जानकारी दिएका छन्। सिरियलको छायांकन स्थल धादिङको ज्वालामुखी गाउँपालिका–५, खरी भदुवारमा रहेको छ।

    यसपटक उनी ६ वर्षअघिको आफ्नै भूमिकामा मात्र होइन, आफ्नै सिरियल परिवार सहित फर्किएका छन्। अनिता बस्नेत (मास्टर्नी), सबिना आचार्य (सबु) लगायतका कलाकारहरू पुनः देखिने छन्। साथै सिरियलमा गोक्ते काजी (रामचन्द्र अधिकारी), दाह्री बा (सुरबिर पण्डित), चम्सुरी (पल्पसा डंगोल), निर्मली (निरु खड्का), बालक (दिपेन्द्र तिमल्सिना), राधिका (साया भण्डारी), सुन्दरे (मुकेश हमाल), ब्याज प्रसाद (यादव थापा) लगायत कलाकारहरूको पनि अभिनय रहनेछ।

    प्राविधिक पक्षमा, सिरियलको छायांकनको जिम्मा घनश्याम पोखरेल र ज्ञान कुमार कट्टेलले लिएका छन् भने सम्पादन रविन्द्र भट्ट र अशोक चौधरीले गरिरहेका छन्। व्यवस्थापन उज्ज्वल खड्काले सम्हालेका छन्। मुख्य सहायक निर्देशक सन्देश लामिछाने (बटारे कान्छो) पनि अभिनयमा देखिनेछन्।

    ‘मेरिबास्सै’ हरेक मंगलबार साँझ नेपाल टेलिभिजन र मिडिया हवको अफिसियल युट्युब च्यानलमार्फत प्रसारण हुँदै आएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page