लोकप्रिय गायिका सुनिता दुलालले शनिबार आफ्ना प्रेमी राजेश केसीसँग वैवाहिक जीवनमा प्रवेश गरेकी छिन्। उनीहरूले काठमाडौंको मूलपानीस्थित नर्लिङ रिसोर्टमा आयोजना गरिएको पारिवारिक समारोहमार्फत लगनगाँठो कसेका हुन्।
बिहे समारोहमा परिवारका सदस्य, आफन्त तथा नजिकका कलाकारहरूले सहभागिता जनाएका थिए। सुनिता र राजेश करिब ४ वर्षदेखि प्रेम सम्बन्धमा थिए।
निर्माण व्यवसायीसमेत रहेका राजेश पेशाले इन्जिनियर हुन्। रुकुम पश्चिम स्थायी घर भएका उनले पछिल्लो केही वर्षदेखि काठमाडौंमै बसोबास गर्दै आएका छन्।

-
नारेश्वर विकास समाज, गोरखाको अध्यक्षमा लव कुमार भट्ट
-
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको उपत्यका समिति गठन, अध्यक्ष र सचिवमा क्रमश अनिता कुमारी घिमिरे र सन्जय पोखरेल
-
‘नो शेभ नोभेम्बर’ले ठमेल हल्लायो: रिक्साबाट क्यान्सर–अवेयरनेस र्याली
-
तेस्रो राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्ड–२०८२ का मनोनयन सार्वजनिक
-
वरिष्ठ सेफ थापा मगरलाई फादर अफ सेफ्सको उपाधिबाट सम्मानित