२३ भदौ, काठमाडौं — जेनजी समूहले गरेका भ्रष्ट्राचार र बेथिति विरुद्धको शान्तिपूर्ण आन्दोलनको क्रममा भएको घटनाप्रति राष्ट्रिय लोकदोहोरी व्यवसायी संघले गहिरो दुःख व्यक्त गरेको छ।
संघले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनको क्रममा ज्यान गुमाएका निर्दोष युवा, विद्यार्थी तथा बालबालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। त्यस्तै, देशभरका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ।
संघले आन्दोलनको अधिकारप्रति समर्थन जनाए पनि सोही क्रममा भएको घटनाको कडा भर्त्सना गरेको छ।
राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ, केन्द्रीय कार्यसमितिले पीडित परिवार र घाइतेप्रति गहिरो सहानुभूति प्रकट गर्दै आवश्यक सहयोग तथा राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण