काठमाडौं, साउन २६: प्यालेस्टाइनी सशस्त्र समूह हमासको आक्रमणपछि इजरायलमा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको रिहाइको कामना गर्दै गायिका एलिना चौहानले पशुपतिनाथ मन्दिर पुगेर प्रार्थना गरेकी छन्।
श्री पशुपति मनकामना पूर्ति तथा संकटमोचन ज्ञान महायज्ञमा सहभागी भएकी उनले विपिन जोशीको फोटो भएको फ्रेम समाउँदै सामाजिक सञ्जालमार्फत भावना पोखेकी छन्। उनले लेखेकी छन्, “आज ऐतिहासिक श्री पशुपति मनकामना पूर्ति तथा संकटमोचन ज्ञान महायज्ञमा विपिन भाइ चाँडै भेटिनुहोस् भनेर कामना गरियो। हामी सबैको मनोकामना पूर्ति होस्, जय होस्, मंगल होस्।”
गायिका राधिका हमाल पनि उक्त प्रार्थनामा चौहानसँगै सहभागी थिइन्। एलिनाले विपिनसहित विदेशी भूमिमा बेपत्ता भएका अन्य नेपालीहरूको खोजीका लागि पहल गर्न आग्रहसमेत गरेकी छन्।
२०८० असोज २० गते इजरायलमाथि हमासको आक्रमणपछि सम्पर्कविहीन भएका विपिनलाई हमासले बन्धक बनाएको आशंका गरिएको छ। ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत कृषि अध्ययनका लागि इजरायल गएका विपिनसँगै रहेका नेपाली विद्यार्थीहरूले पनि उनलाई हमासले लगेको बताएका छन्। उक्त घटनामा १० जना नेपालीको मृत्यु भएको थियो।
बेपत्ता विपिनको अवस्थाबारे जानकारी लिन उनकी आमा र बहिनी सोमबार इजरायल गएका छन्।

-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण