गोरखा — अजिरकोट गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका जंगलमा जथाभावी लालीगुराँसको फूल टिप्न प्रतिबन्ध लगाएको छ।
गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै सिरानडाँडा, भच्चेक र कालिका मन्दिर परिसरलगायतका क्षेत्रमा पाइने लालीगुराँसका फूल जथाभावी टिप्न तथा हाँगाविँगा भाँच्न रोक लगाएको हो।
ढकमक्क फुलेका लालीगुराँस टिप्ने र हाँगाविँगा भाँच्ने कार्यले प्राकृतिक सौन्दर्यमा क्षति पुग्ने भन्दै यस्तो गतिविधि नगर्न गाउँपालिकाले अनुरोध गरेको छ। गाउँपालिका अध्यक्ष दीपक देवकोटाका अनुसार पछिल्लो समय पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेसँगै लालीगुराँसका फूल टिप्ने र नोक्सान गर्ने क्रम बढेको पाइएको छ।
गाउँपालिकाले नियम उल्लंघन गरी त्यस्ता कार्य गरेको पाइएमा कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ। साथै, स्थानीय बासिन्दा, पर्यटक तथा सरोकारवालालाई नियमको पालना गर्दै प्राकृतिक सम्पदाको संरक्षणमा सहयोग गर्न अपिल गरिएको छ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने