गोरखा । कृषि विकास कार्यालय गोरखाका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले पालुङ्टार नगरपालिका–७ मा सञ्चालित व्यावसायिक मेवा खेतीको स्थलगत अवलोकन गरेका छन्।
स्थलगत अवलोकनका क्रममा उनले कृषक रमेश श्रेष्ठले करिब २० रोपनी क्षेत्रफलमा ‘रेड लेडी’ जातको मेवा व्यावसायिक रूपमा खेती गरेको अवलोकन गर्दै खेती व्यवस्थापन, बिरुवाको वृद्धि विकास तथा उत्पादन वृद्धिका विषयमा आवश्यक प्राविधिक परामर्श प्रदान गरेका थिए।
वरिष्ठ कृषि विकास अधिकृत तिवारीका अनुसार ‘रेड लेडी’ हाइब्रिड जातको मेवा छोटो अवधिमै उत्पादन दिन सुरु गर्ने, एउटै बिरुवामा धेरै फल लाग्ने तथा बजारमा राम्रो मूल्य प्राप्त हुने विशेषता भएको जात हो। व्यावसायिक उत्पादन तथा आम्दानीका दृष्टिले यो जात किसानका लागि उपयुक्त बन्दै गएको उनले बताए।
कृषक श्रेष्ठले प्लास्टिक मल्चिङ प्रविधि अपनाई पहाडी क्षेत्रमा व्यावसायिक रूपमा मेवा खेती विस्तार गरेका छन्। सामान्यतया तराई क्षेत्रमा उपयुक्त मानिने मेवा खेती उचित व्यवस्थापन, सिँचाइ तथा पोषण उपलब्ध गराउन सके पहाडी क्षेत्रमा समेत सफलतापूर्वक गर्न सकिने अनुभव उनले साझा गरे।
करिब ४ लाख रुपैयाँको लगानीमा सुरु गरिएको उक्त मेवा खेतीबाट २० लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य रहेको कृषक श्रेष्ठले जानकारी दिए।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने