गोरखा — बाँदर लगायतका वन्यजन्तुले बालीनालीमा पुर्याउने क्षति रोक्न डिभिजन वन कार्यालय गोरखाले नियन्त्रणसम्बन्धी उपकरणको परीक्षण सुरु गरेको छ।
घामबाट सोलार प्यानलमार्फत चार्ज हुने १० केभी क्षमताको ‘सोलार फेन्स गार्ड’ नामक उक्त उपकरण पहिलो चरणमा वन कार्यालय नजिकै बाँदर आउने क्षेत्रमा परीक्षणका लागि जडान गरिएको छ।
उक्त उपकरणमार्फत ससाना तारहरू रूख तथा झाडीमा वन्यजन्तु हिँड्ने बाटोमा बाँधिएको छ, जसले वन्यजन्तुलाई रोक्ने अपेक्षा गरिएको छ।
डिभिजन वन कार्यालयले यस प्रविधिको सफल परीक्षणपछि बालीनाली संरक्षणमा यसको प्रभावकारी प्रयोग विस्तार गर्ने योजना रहेको जनाएको छ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने