गोरखा: धार्चे गाउँपालिकालाई पूर्णखोप दीगोपना सुनिश्चितता भएको घोषणा गरिएको छ। मंगलबार गाउँपालिकामा आयोजित एक समारोहबीच पालिकाभर खोपबाट बञ्चित कुनै पनि बालबालिका नरहेको प्रमाणिकरण गर्दै उक्त घोषणा गरिएको हो।
गाउँपालिका अध्यक्ष तथा खोप समन्वय समितिका संयोजक लक्ष्मण गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोरखा जिल्ला समन्वय समिति प्रमुख मोहन थापाले पूर्णखोप दीगोपना सुनिश्चितता घोषणा गरेका हुन्।
स्वास्थ्य शाखाका अनुसार सातै वडाका पाँच वर्षमुनिका १०१ बालबालिकाले नेपाल सरकारले उपलब्ध गराउने सबै प्रकारका खोप पाएको तथ्य विभिन्न सूचकमार्फत प्रमाणित भएपछि उक्त घोषणा गरिएको हो।
स्वास्थ्य संयोजक अमृत घलेका अनुसार माघदेखि चैतसम्म सञ्चालन गरिएको स्थलगत सर्वेक्षण, तथ्यांक संकलन र विश्लेषणपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता गरिएको हो।
कार्यक्रममा खोप अभियानमा योगदान दिने स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा सरोकारवालालाई सम्मान समेत गरिएको छ। गाउँपालिकाले खोप कार्यक्रमलाई निरन्तर प्रभावकारी बनाउँदै दीगोपना कायम राख्ने प्रतिबद्धता जनाएको छ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने