काठमाडौं — पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ। उनका बुवा मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको छ।
एमालेकी सचिव पद्मा अर्यालले मोहन प्रसाद ओलीको निधन भएको जानकारी दिएकी हुन्। केही दिनदेखि अस्वस्थ रहेका मोहन प्रसाद ओलीको आज बिहान भक्तपुरको गठ्ठाघरस्थित कोरियन अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
स्रोतका अनुसार उनको पार्थिव शरीर ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ। आज दिउँसो पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने जनाइएको छ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने