काठमाडौं । काठमाडौं जेसिजको वर्ष २०२५ का अध्यक्ष श्याम कुमार घिमिरेले वर्ष २०२६ का अध्यक्ष बिकास श्रेष्ठलाई सपथ ग्रहणसंगै पिन तथा चेन हस्तान्तरण गराएका छन
।
कार्यक्रमका प्रमुख अतिथि पूर्वअर्थमन्त्री वर्षमान पुन रहेका थिए। कार्यक्रममा उपस्थित विशिष्ट अतिथि तथा अन्य अतिथिहरूले नव–निर्वाचित अध्यक्ष तथा कार्यसमितिका पदाधिकारीहरूलाई सफल र प्रभावकारी कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
नवगठित कार्यसमितिमा निवर्तमान अध्यक्षका रूपमा श्यामकुमार घिमिरे, महासचिवमा करुणा थापा, कोषाध्यक्षमा सुनिल श्रेष्ठ र कानुनी सल्लाहकारमा नारायण आचार्य ‘ह्याप्पी’ चयन भएका छन।
यसैगरी, कार्यकारी उपाध्यक्षहरूमा आदित्य राई, सिद्धान्त गौली र नवराज भण्डारी रहेका छन।
सह–महासचिवको जिम्मेवारी रितिज कार्कीले सम्हाल्नेछन भने सह–कोषाध्यक्षमा राज रौनियार चयन भएका छन।
त्यस्तै,उपाध्यक्षहरूमा गरिमा लिम्बु, निर्मल खड्का, विशाल परियार, प्रिन्स सुवेदी, अमर गुरुङ र एलन अधिकारी रहेका छन।
कार्यक्रमले काठमाडौं जेसिजको आगामी कार्यकालका लागि नयाँ नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्दै संस्थागत सुदृढीकरण र सामाजिक सेवामा अझ सक्रिय भूमिका खेल्ने अपेक्षा व्यक्त गरिएको छ।
एक व्यक्ति एक पदको एकवर्षे कार्यकाल रहने जेसिजको परम्पराअनुसार अंग्रेजी महिनाको डिसेम्बर ३१ मा जिम्मेवारी परिवर्तन गर्ने परम्परा छ ।
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
भ्रमपूर्ण प्रचारप्रति तरुण दल नुवाकोटको आपत्ति
-
नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीद्वारा घोषणा–पत्र सार्वजनिक

