लोकप्रिय गायिका सुनिता दुलालले शनिबार आफ्ना प्रेमी राजेश केसीसँग वैवाहिक जीवनमा प्रवेश गरेकी छिन्। उनीहरूले काठमाडौंको मूलपानीस्थित नर्लिङ रिसोर्टमा आयोजना गरिएको पारिवारिक समारोहमार्फत लगनगाँठो कसेका हुन्।
बिहे समारोहमा परिवारका सदस्य, आफन्त तथा नजिकका कलाकारहरूले सहभागिता जनाएका थिए। सुनिता र राजेश करिब ४ वर्षदेखि प्रेम सम्बन्धमा थिए।
निर्माण व्यवसायीसमेत रहेका राजेश पेशाले इन्जिनियर हुन्। रुकुम पश्चिम स्थायी घर भएका उनले पछिल्लो केही वर्षदेखि काठमाडौंमै बसोबास गर्दै आएका छन्।

-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा