logo

मंगलबार, चैत्र ९ २०८२

kantipurpationlinetv

२०८२ चैत्र ९ मंगलबार

जेष्ठ नागरिक मिलन केन्द्र निर्माण सुरु, जग पूजा सम्पन्न

जेष्ठ नागरिक मिलन केन्द्र निर्माण सुरु, जग पूजा सम्पन्न


  • मंगलबार, चैत्र ९ २०८२
  • 6.2K
    SHARES

    अर्घाखाँची — छत्रदेव गाउँपालिका–८ स्थित अर्घातोष बजारमा भिमसेन मन्दिरको जग्गामा निर्माण हुन लागेको जेष्ठ नागरिक मिलन केन्द्र भवनको आज विधिवत् रूपमा जग पूजा सम्पन्न गरिएको छ।

    गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठको प्रमुख उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

    जेष्ठ नागरिकहरूको सुविधा र सामाजिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले निर्माण हुन लागेको यस केन्द्रका लागि संघीय सहरी विकास मन्त्रालयबाट चार करोड रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।

    उक्त बजेटबाट भवन निर्माण कार्य औपचारिक रूपमा सुरु भइसकेको छ। निर्माण सम्पन्न भएपछि जेष्ठ नागरिकहरूका लागि भेटघाट, अनुभव आदानप्रदान तथा विभिन्न सामाजिक क्रियाकलाप सञ्चालन गर्न सहज वातावरण उपलब्ध हुने अपेक्षा गरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech