काठमाडौं — तारकेश्वर नगरपालिकाको सभाहलमा आज १८औँ नगर सभा सफलतापूर्वक सम्पन्न भएको छ।
नगर प्रमुख कृष्णहरि महर्जनको अध्यक्षतामा सम्पन्न सभामा उप–प्रमुख सिर्जना बुर्लाकोटी, प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल, वडा नं. १ देखि ११ सम्मका जनप्रतिनिधिहरू, तारकेश्वर खेलकुद समिति अध्यक्ष विक्रम खड्गी तथा नगरपालिकाका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सभामा सहभागीहरूले नगरको समग्र विकास, सेवा प्रवाहमा सुधार तथा आगामी योजनाबारे सक्रिय रूपमा आफ्ना धारणा प्रस्तुत गरेका थिए। विभिन्न नीतिगत विषयहरूमा भएको व्यापक छलफलले नगरको विकासलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
सक्रिय सहभागिता र सार्थक छलफलका साथ सम्पन्न उक्त नगर सभाले आगामी विकास योजनाका दिशा–निर्देश तय गर्न तथा नीतिगत कार्यक्रमहरूलाई प्रभावकारी रूपमा अघि बढाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास नगरपालिकाले व्यक्त गरेको छ।

-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी